काठमाडौं / माधव पक्षको स्थायी कमिटी बैठक शुरु भएको छ । नेकपा एमालेका बरिष्ठ नेता माधवकुमार नेपालले आफू निकट स्थायी कमिटी सदस्यहरुको आजै भर्चुअल बैठक बोलाएका हुन् ।वरिष्ठ नेता झलनाथ खनालको स्वास्थ्यलाभको कामना, देशभर भइरहेको बाढी पहिरोको प्रकोप लगायतबारे छलफल गर्न बैठक बोलाइएको जनाइएको छ ।
काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चलाई जवाफ दिंदै संसद विघटनको विषयमा परेको मुद्धामा शेरबहादुर देउवासहितका १४६ सांसदको दावी अनुसारको फैसला भए त्यसले पञ्चायती व्यवस्थाको पुनरागमन गर्ने बताएका छन् ।प्रधानमन्त्री ओलीले बिहीबार अदालतलाई लिखित जवाफ गर्दै रिट निवेदकको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीत भएको समेत दावी गरेका छन् ।सर्वोच्चलाई दिएको जवाफमा संसदिय व्यवस्थामा प्रधानमन्त्री बनाउने र हटाउने अधिकार राष्ट्रपतिमा मात्रै रहेको दावी गर्दै राष्ट्रपतिको काम अदालतले गर्न नसक्ने र गरेको अवस्थामा संसदिय व्यवस्था नै खतरामा पर्ने तर्क गरिएको छ ।
काठमाडौं / सरकारले नेपाली श्रमिक अधिक संख्यामा रहेका मुलुकमा हवाई उडान पुनः सञ्चालन गर्ने भएको छ ।प्रधानमन्त्री एवं कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सिसीएमसी)का अध्यक्ष केपी शर्मा ओलीको अध्यक्षतामा बुधबार अबेर राति भएको बैठकले टर्की, कतार, साउदी अरेबिया, युएई, जापान र मलेशियाका लागि हवाई उडान पुनः सञ्चालन गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्री निवास बालुवाटारमा भएको उक्त बैठकले उपयुक्त मुलुकमा सातामा दुई हजार यात्रुभन्दा नबढ्ने गरी उडान सञ्चालन गर्ने निर्णय गरेको छ । सिसीएमसीको उक्त निर्णय मन्त्रिपरिषद्बाट पारित भएपछि कार्यान्वयनमा आउनेछ ।संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव ए
काठमाण्डौ / कोरोना रोकथाम तथा नियन्त्रणका लागि हाल जारी निषेधाज्ञा र लकडाउनको सरकारले स्वरुप परिवर्तन गर्ने भएको छ । सरकारले बनाएको कोभिड–१९ संकट व्यवस्थापन केन्द्र (सीसीएमसी) निर्देशक समितिकोले संक्रमण नियन्त्रण गर्न र मुलुकलाई गतिशिल बनाउँन अत्यावश्यक वस्तुको उत्पादन र आपूर्ति हुने गरी ‘स्मार्ट लक डाउन’मा जाने निर्णय गरेको हो ।समितिको दोस्रो वैठकले लकडाउन कायम राख्दै परिस्थितिको मूल्यांकन गर्ने र स्वास्थ्य मापदण्ड कडाइका साथ पालना गराउँदै केही क्षेत्र खुला गर्ने निर्णय गरेको हो ।प्रधानमन्त्रीको अध्यक्षतामा बालुवाटारमा बसेको बैठकले नेपाली श्रमिक अधिक संख्यामा रहेका कतार, साउदी अरे
बिर्तामोड / पूर्वराजा ज्ञानेन्द्र शाहले कोरोना महामारी र प्राकृतिक विपतको सबै मिलेर सामाना र न्युनिकरण गर्नुपर्ने बताएका छन् । एक सन्देश जारी गरी पुर्व राजा शाहले मनसुनको प्रारम्भमै भएको वर्षा र वाढी –पहिरोका कारण भएको जनधनको क्षतिप्रति दुःख व्यक्त गरेका छन् ।वितगमा कुनै घटना र परिस्थितिका विषयमा सन्देश जारी गर्ने क्रममा सरकारलाई आग्रह गर्ने गरेका पूर्वराजा शाहले यसपटकको सन्देशमा भने सबै पक्ष र सबै मिलेर विपतको न्युनिकरण गर्नु पर्ने बताएका छन् । उनले सबै पक्ष भनेर आफ्नो भूमिका खोजिरहेका जनता र राजनितिक दल समेतलाई सन्देशमा संकेत गरेका छन् ।जारी सन्देशमा भनिएको छ –मन
दाङ / नेकपा (एमाले)ले दाङ क्षेत्र नम्बर–३ (क)बाट निर्वाचित प्रदेशसभा सदस्य विमलाकुमारी खत्री ओलीलाई आज तीनदिने स्पष्टीकरण सोधेको छ ।गएको जेठ ३० गते प्रदेश सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमको विपक्षमा मतदान गरेको भन्दै एमालेका प्रमुख सचेतक भूमिश्वर ढकालले ओलीलाई तीन दिनको म्याद दिएर स्पष्टीकरण सोधेका हुन् ।एमालेका तत्कालीन प्रदेशसभा सदस्य उत्तरकुमार ओलीको दुर्घटनामा परी निधन भएपछि ओली पत्नी विमला नेकपाको तर्फबाट उपनिर्वाचनमा उम्मेदवार भई प्रदेशसभामा निर्वाचित भएकी थिइन् ।सर्वोच्च अदालतले एमाले र नेकपा (माओवादी केन्द्र) ब्युँताइदिएको लामो समयपछि विमलाले गएको वैशाखमा मुख्यमन्त्री शं
बुटवल / आफ्नै श्रीमतीको योजनामा कपिलवस्तुका माओवादी नेता दीपक पाण्डेको हत्या भएको पुष्टि भएको छ । गत जेठ ५ गते कपिलवस्तु – ६ को गोबरी सडक खण्डमा भएको नेता पाण्डेको हत्यामा उनकै श्रीमतीको संलग्नता रहेको पुष्टि भएको हो । मोटरसाईकलमा सवार पाडेको एक अपरिचित समुहले गोली प्रहार गरी हत्या गरेको थियो ।सोमबार जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले पत्रकार सम्मेलन गरी पाण्डेको हत्यामा उनकै श्रीमती महिमा पाण्डेसहितको समुह संलग्न रहेको जानकारी गराएको छ । कपिलवस्तुका प्रहरी उपरीक्षक नवराज अधिकारीले पाण्डेकी श्रीमती महिमाले कपिलवस्तु १ का ३९ वर्षीय ओमप्रकाश यादवसँग मिलेर हत्या गरेको अनुसन्धानका क्रममा खुलेको बत
काठमाडौँ / गण्डकी प्रदेशसभा सदस्य कृष्ण थापाको सांसद पद खारेज भएको छ । यसअघि जेठ २२ गते सांसद थापालाई पुनर्वहाली गर्न सर्वोच्चमा दिएको आदेश सोमबार विश्वम्भरप्रसाद श्रेष्ठ र कुमार रेग्मीको संयुक्त इजलासले खारेज गरेको हो ।अन्तरिम आदेशविरुद्ध राष्ट्रिय जनमोर्चा केन्द्रीय कार्यालय, गण्डकी प्रदेशसभा सचिवालय र सभामुखले छुट्टा छुट्टै भ्याकेट निवेदन दर्ता गराएका थिए । निवेदनमा आज सुनुवाइ गर्दै श्रेष्ठ र रेग्मीको संयुक्त इजलासले निवेदकको माग बमोजिम आदेश खारेज गर्दै अन्तिम आदेश जारी गरेको हो ।न्यायाधीश कुमार चुडालको एकल इजलासले जेठ २२ गते थापामाथि भएको कारवाही कार्यान्वयन नगर्न अन्तरिम आदेश जारी गरेको थ
बिर्तामोड / पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको यो तस्विर अहिले सामाजिक संजालमा भाईरल बनेको छ । एक टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा कैद गरिएको यो फोटोमा डा. भट्टराईको पछाडी पट्टिको भागमा रहेको नेपालको नक्साको एउटा भाग छोपिएको छ ।नेपाली मुमि कालापानी , लिपुलेक र लिम्पियाधुरा समेटेर बनाईएको नेपालको नयाँ नक्साको सोहि भागलाई छोपिएको भन्दै उनको सामाजिक संजालमा आलोचना भईरहेको छ । नेपालको सो भुमि आफ्नो भएको भारतले झुटो दावी गर्दै आएको छ । सोहि भूमि लुकाउन उनले टावेलले नक्साको सो भाग छोपेको भन्दै धेरैले उनलाई भारतीय भनेर आरोप समेत लगाएका छन् ।&
विराटनगर / प्रदेश १ का उद्योग, वन, वातावरण तथा पर्यटन मन्त्री जगदिश कुसैतका छोरा अर्जुन कुसियैतको गोप्य योजनामा सशर्त अनुदान मार्फतको वनपैदावार लघु तथा साना उद्योग सञ्चालनका लागि प्राप्त सवा दुई करोडको अनुदान रकम मिलेमतोमा बाँडीचुँडी सक्ने योजना बनेको खुलेको छ ।मन्त्रालय आफैँले निर्माण गरेको अनुदान वितरण कार्यविधि अनुसार सोझै मन्त्रालयले समिति निर्माण गरेर प्रस्ताव माग गरी छनौट गर्नुपर्नेमा सुटुक्क जिल्ला वन कार्यालय सुनसरीमार्फत प्रस्ताव माग गरेर सवा दुई करोडको वनपैदावार अनुदान बाँडीचुडी खाने योजना बुनिएको रहस्य खुलेको हो ।मन्त्रालयमार्फत प्रस्ताव आह्वान गर्दा प्रदेशका उद्योगहरुले दर्ता गराउन
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.