बिर्तामोड / पूर्वप्रधानमन्त्री एवं जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा. बाबुराम भट्टराईको यो तस्विर अहिले सामाजिक संजालमा भाईरल बनेको छ । एक टेलिभिजनलाई दिएको अन्तरवार्ताका क्रममा कैद गरिएको यो फोटोमा डा. भट्टराईको पछाडी पट्टिको भागमा रहेको नेपालको नक्साको एउटा भाग छोपिएको छ ।
नेपाली मुमि कालापानी , लिपुलेक र लिम्पियाधुरा समेटेर बनाईएको नेपालको नयाँ नक्साको सोहि भागलाई छोपिएको भन्दै उनको सामाजिक संजालमा आलोचना भईरहेको छ । नेपालको सो भुमि आफ्नो भएको भारतले झुटो दावी गर्दै आएको छ । सोहि भूमि लुकाउन उनले टावेलले नक्साको सो भाग छोपेको भन्दै धेरैले उनलाई भारतीय भनेर आरोप समेत लगाएका छन् ।
केहि समययता नेपालमा विदेशी हस्तक्षेप वढेको र व्यवस्था नै समाप्त पार्न खेल भईरहेको दावी गर्दै आएका उनले सोहि विषयमा एउटा टेलिभिजनलाई दिंदै गरेको अन्तरवार्ताका क्रममा यो तश्विरलाई कैद गरेर सामाजिक संजालमा भाईरल बनाईएको छ ।
काठमाण्डौको एक टेलिभिजनलाई अनलाइनमार्फत आफ्नै निवासबाट अन्तवार्ता दिने क्रममा भट्टराईको पछिल्तिरको भागमा तौलियाले नेपालको नक्साको चुच्चो भाग छोपिएको देखिएको छ । भट्टराईले नक्सालाई नियतवश छोपेका हुन् या संयोग मात्र हो भन्ने केहि पनि खुल्न सकेको छैन । सामाजिक संजालमा भाईरल यो फोटोको विषयमा उनको समेत कुनै प्रतिक्रिया सार्वजनिक भएको छैन ।