काठमाडौं / प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्चलाई जवाफ दिंदै संसद विघटनको विषयमा परेको मुद्धामा शेरबहादुर देउवासहितका १४६ सांसदको दावी अनुसारको फैसला भए त्यसले पञ्चायती व्यवस्थाको पुनरागमन गर्ने बताएका छन् ।

प्रधानमन्त्री ओलीले बिहीबार अदालतलाई लिखित जवाफ गर्दै रिट निवेदकको दावी संविधान र लोकतन्त्रको आधारभूत मूल्य र मान्यताविपरीत भएको समेत दावी गरेका छन् ।

OM Sai Pathibhara Hospital

सर्वोच्चलाई दिएको जवाफमा संसदिय व्यवस्थामा प्रधानमन्त्री बनाउने र हटाउने अधिकार राष्ट्रपतिमा मात्रै रहेको दावी गर्दै राष्ट्रपतिको काम अदालतले गर्न नसक्ने र गरेको अवस्थामा संसदिय व्यवस्था नै खतरामा पर्ने तर्क गरिएको छ ।