राजनीति

    Showing 9,511-9,520 of 10,379 items.
  • हृदयेश त्रिपाठी समूहले नयाँ पार्टी खोल्दै

    बिर्तामोड / हृदयेश त्रिपाठी समूहले नयाँ पार्टी खोल्ने भएका छन् । केपी ओली नेतृत्व सरकारमा संघीय मामिला तथा स्वास्थ्यमन्त्री बनेका त्रिपाठी र उनको समूहले तत्कालै नयाँ पार्टी खोल्ने भएको हो।भदौ महिनासम्म नयाँ पार्टी घोषणा गर्ने उक्त समूहको नेतृत्व गरेका त्रिपाठीले बताए । स्रोतका अनुसार त्रिपाठीले खोल्ने पार्टीको नाममा समाजवादी शब्द नछुटाइने भएको छ। त्रिपाठी र त्रिपाठीको समूहले अहिले आफूलाई स्वतन्त्र राजनीतिक समूह भन्ने गरेको छ। यो समूहमा दुई जना प्रतिनिधिसभा सांसद तथा दुईजना प्रदेशसभा सांसद छन् । प्रतिनिधिसभा सांसदमा त्रिपाठी र बिज्रेस गुप्ता छन् भने प्रदेशसभा सांसदमा अजय शाही र ध

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 147 पटक पढिएको
  • महाधिवेशन प्रक्रियामा देखिएको समस्या समाधान गर्न पहल

    काठमाडौँ / नेपाली कांग्रेसको संस्थापन इतर समूहले महाधिवेशन प्रक्रियामा देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पहल गर्ने भएको छ । पार्टीका पूर्वमहामन्त्री प्रकाशमान सिंहको निवास चाक्सीबारीमा आज बसेको संस्थापन इतर समूहको बैठकले तोकिएकै मितिमा अधिवेशन गर्ने वातावरण बनाउन पार्टी सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवासँग छलफल गर्ने निर्णय गरेको हो । बैठकपछि काँग्रेस नेता डा. मीनेन्द्र रिजालले महाधिवेशनका लागि देखिएको व्यावहारिक कठिनाइ समाधानका लागि पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले सभापति देउवासँग आजै छलफल गर्ने जानकारी दिए । “अधिवेशन प्रक्रियामा केही व्यावहारिक कठिनाइ आएका छ

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 124 पटक पढिएको
  • संवैधानिक नियुक्तिविरुद्ध परेकाे निवेदनको पहिलो सुनुवाइ नै विवादित

    बिर्तामोड / संवैधानिक परिषद् सम्बन्धी अध्यादेश विरुद्ध परेको निवेदनको पहिलो सुनुवाइ नै विवादित बनेको छ । अघिल्लो सरकारले अध्यादेश ल्याएर कानुन संशोधन गर्दै संवैधानिक निकायहरूमा गरेको नियुक्तिविरुद्ध परेकाे निवेदनको पहिलो सुनुवाइ नै विवादित बनेको  हो । रिट निवेदकहरू ओमप्रकाश अर्याल, दिनेश त्रिपाठी लगायतले उक्त निवेदन सुनुवाइ गर्ने संवैधानिक इजलासमा प्रधानन्यायाधीश बस्न नमिल्ने तर्क गरेका छन् । गत वर्षको ३० मङ्सिरमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले अध्यादेश ल्याएर तीन सदस्य परिषद्ले पनि निर्णय गर्न मिल्ने गरी कानुन संशोधन गरेका थिए । 

    • प्रकाशित मितिः भदौ ११, २०७८
    • 163 पटक पढिएको
  • नेकपा समाजवादीले गर्याे ‘हाइ कमाण्ड’ गठन

    बिर्तामोड / माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले  ‘हाइ कमाण्ड’ गठन गरेको छ । एकीकृत समाजवादी पार्टीले बुधबार निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै  ‘हाइ कमाण्ड’ गठन गरेको हो । हाई कमाण्डमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल रहेका छन् । हाइ कमाण्डले तत्कालका लागि पार्टीको राजनीतिक तथा सांगठनिक गतिविधि सहित सरकारमा रहभागी हुने मन्त्री छान्ने, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।हाइ कमाण्ड गठन भएसँगै केही दिनमै मन्त्रीको नाम टुंगो लगाइ नेकपा समाजवादी सरकारमा सहभागी हुने पार्टीका एक

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 265 पटक पढिएको
  • एकीकृत समाजवादीलाई पाँच मन्त्री

    बिर्तामाेड / सत्तारुढ गठबन्धनमा रहेका पार्टीले मन्त्रालय भागबन्डा गरेका छन् । गठबन्धनमा सम्बद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रालय भागबण्डा गरेका हुन् । गठबन्धन दलबीच भएको सहमति अनुसार २५ सदस्यीय मन्त्रिमण्डल मध्ये कांग्रेसबाट प्रधानमन्त्रीसहित सात जना, माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ जना राज्य मन्त्री पाउने भएका छन् । मन्त्रालय भागबन्डा गरेपनि मन्त्रिपरिषद् विस्तार भने भदौ १३ गते मात्र गर्ने बताइएको छ । 

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 146 पटक पढिएको
  • प्रदेश १ को मुख्यमन्त्रीमा भीम आचार्य नियुक्त

    बिर्तामोड / पार्टी विभाजनका कारण समस्यामा परेको एमालेले आफ्नो दलको नेतृत्वमा रहेको प्रदेश सरकार जोगाउन प्रदेश एकमा माधव नेपाल पक्षीय नेता भीम आचार्यलाई मुख्यमन्त्री बनाएको छ ।मुख्यमन्त्री शेरधन राईले राजिनामा दिएपछि आचार्य मुख्यमन्त्री बन्न सफल भएका हुन् । नवनियुक्त मुख्यमन्त्री आचार्यले बिहीबार नै सपथ ग्रहण गरेका छन् ।प्रदेश सभा सदस्यमा निर्वाचित भएकै समय देखि मुख्यमन्त्रीका लागि नेता आचार्यले कोसिस गर्दै आएका थिए । माधव पक्षीय नेता भएकै कारण उनी संसदीय दलको नेता हुन समेत सकेका थिएनन् ।प्रदेशका सांसद नयाँ पार्टीमा जाँदा सरकार ढल्ने त्रासले एमालेले प्रदेश सरकारमा फेरबदल गरेको हो । नवनियुक्त मु

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 216 पटक पढिएको
  • एक हप्ताभित्र जसपा सरकारमा सहभागी हुन्छ : अध्यक्ष यादव

    बिर्तामोड / जनता समाजवादी पार्टी (जसपा)का अध्यक्ष उपेन्द्र यादवले आगामी एक हप्ताभित्रै सरकारमा सहभागी हुने बताएका छन् । विराटनगर –१४ स्थित जिल्ला पार्टी कार्यालयमा आज आयोजित पत्रकार सम्मेलनमा उनले गठबन्धन दलहरूबीच आपसी सहमतिका आधारमा मन्त्रालय बाँडफाँड गरिने जानकारी दिए ।  अध्यक्ष यादवले सार्वभौम संसद् अन्त्य गरेर अध्यादेश ल्याउने कार्य गलत एवं घातक भएको उल्लेख गर्दै यस्तो कार्यले मुलुकमा राजनीतिक अस्थिरता उत्पन्न हुने बताए । वर्तमान संविधानमा रहेका त्रुटिलाई सच्याउन जनमत तयार रहेको बताउँदै उनले राजनीतिक दलहरूबीच आपसी सहमतिका आधारमा संविधान संशोधन गरिने धारणा व्यक्त गरे।&nb

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 126 पटक पढिएको
  • एमाले केन्द्रीय कमिटी बैठक बस्दै

    काठमाडौँ / नेकपा (एमाले) बाट नेता माधवकुमार नेपाल पक्ष अलग भई नयाँ पार्टी दर्ता गरेपछि आज पहिलो पटक केन्द्रीय कमिटीको बैठक बस्दैछ । बैठकमा विगतमा नेपाल पक्षमा रहेका १० जना स्थायी कमिटीका सदस्यको पनि सहभागिता हुनेछ । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङले ललितपुरको च्यासलस्थित तुल्सीलाल स्मृति भवनमा मध्याह्न १२ः०० बजे बैठक तय भएको जानकारी दिए । बैठकका लागि १० बुँदे प्रस्ताव कार्यान्वयन सम्बन्धी स्थायी कमिटीको निर्णय अनुमोदन, पार्टीको सदस्यता वितरण र विधान महाधिवेशन तथा स्थानीय अधिवेशन र पार्टी विभाजनमा लाग्ने नेतामाथि कारबाहीका विषय कार्यसूचीमा राखिएको छ । यही भदौ ८ गत

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 162 पटक पढिएको
  • प्रदेश १ को मुख्यमन्त्री फेरबदलको तयारी

    बिर्तामोड / एमालेले प्रदेश १ मा मुख्यमन्त्री फेर्न आज संसदीय दलको बैठक बोलाएको छ । शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि मुख्यमन्त्री फेर्न एमालेले संसदीय दलको बैठक बस्न लागेको हो । बैठकले तेस्रो धारबाट भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको एक नेताले जानकारी दिए ।आचार्यलाई संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्ने तयारी रहेको छ । आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि एक महिना भित्र विश्वासको मत लिनुपर्ने छ । आचार्यले मुख्यमन्त्री हुनका लागि लामो समय देखी पहल गर्दै आ

    • प्रकाशित मितिः भदौ १०, २०७८
    • 164 पटक पढिएको
  • नयाँ दल दर्ता गर्न जसपाका १४ सांसद र १७ सदस्यले गरे सनाखत

    काठमाडौँ / निर्वाचन आयोगले तोकेकै समयमा पुगेर महन्थ ठाकुर नेतृत्वको प्रस्तावित लोकतान्त्रिक समाजवादी पार्टी नेपालले नयाँ दल दर्ताका लागि निवेदनमा उल्लेख भएकाको नाममा सनाखत गरेको छ । आयोगले अपरान्ह २ बजेसम्मका लागि दिएको समयभित्रै पुगेर नेताहरूले सनाखत गरेका हुन् । नयाँ दल दर्ताका लागि जनता समाजवादी पार्टी (जसपा) का ५१ सदस्यीय कार्यकारिणी समितिका १७ जनाले सनाखत गरेका छन् । यो कुल सदस्य सङ्ख्याको ३३ प्रतिशत हो । यस्तै राष्ट्रियसभाका तीन र प्रतिनिधिसभाका ३४ गरी ३७ सांसदमध्ये १५ जना अर्थात करिब ३७ प्रतिशतले सनाखत गरेको जनाइएको छ । उक्त पार्टीका दुई सांसद भने हाल निलम्बित छन् ।प्रस्तावित

    • प्रकाशित मितिः भदौ ९, २०७८
    • 144 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.