बिर्तामोड / एमालेले प्रदेश १ मा मुख्यमन्त्री फेर्न आज संसदीय दलको बैठक बोलाएको छ । शेरधन राई अल्पमतमा पर्ने स्थिति आएपछि मुख्यमन्त्री फेर्न एमालेले संसदीय दलको बैठक बस्न लागेको हो ।
बैठकले तेस्रो धारबाट भीम आचार्यलाई संसदीय दलको नेता बनाउने तयारी गरेको एक नेताले जानकारी दिए ।
आचार्यलाई संसदीय दलको नेता बनाएपछि शेरधन राईले मुख्यमन्त्रीबाट राजीनामा दिने र प्रदेश प्रमुख समक्ष आचार्यलाई मुख्यमन्त्री प्रस्ताव गर्ने तयारी रहेको छ ।
आचार्य मुख्यमन्त्रीमा नियुक्त भएपछि एक महिना भित्र विश्वासको मत लिनुपर्ने छ । आचार्यले मुख्यमन्त्री हुनका लागि लामो समय देखी पहल गर्दै आएका थिए ।
मुख्यमन्त्री हुनलाई नै माधव नेपाल गुठ छाडेर आचार्य केही दिन अघि मात्रै एमालेमा आएका थिए ।