बिर्तामोड / माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीले ‘हाइ कमाण्ड’ गठन गरेको छ । एकीकृत समाजवादी पार्टीले बुधबार निर्वाचन आयोगबाट आधिकारिकता पाएसँगै ‘हाइ कमाण्ड’ गठन गरेको हो ।
हाई कमाण्डमा माधवकुमार नेपाल, झलनाथ खनाल, मुकुन्द न्यौपाने, प्रमेशकुमार हमाल र बेदुराम भुसाल रहेका छन् ।
हाइ कमाण्डले तत्कालका लागि पार्टीको राजनीतिक तथा सांगठनिक गतिविधि सहित सरकारमा रहभागी हुने मन्त्री छान्ने, राजनीतिक तथा संवैधानिक नियुक्ति लगायत विषयमा निर्णय गर्ने बताइएको छ ।
हाइ कमाण्ड गठन भएसँगै केही दिनमै मन्त्रीको नाम टुंगो लगाइ नेकपा समाजवादी सरकारमा सहभागी हुने पार्टीका एक नेताले जानकारी दिए ।