बिर्तामाेड / सत्तारुढ गठबन्धनमा रहेका पार्टीले मन्त्रालय भागबन्डा गरेका छन् । गठबन्धनमा सम्बद्ध नेपाली काँग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकिकृत समाजवादी) र जनता समाजवादी पार्टी (जसपा)ले मन्त्रालय भागबण्डा गरेका हुन् । 

गठबन्धन दलबीच भएको सहमति अनुसार २५ सदस्यीय मन्त्रिमण्डल मध्ये कांग्रेसबाट प्रधानमन्त्रीसहित सात जना, माओवादी, एकीकृत समाजवादी र जसपाले ५–५ मन्त्री र १–१ जना राज्य मन्त्री पाउने भएका छन् । 

OM Sai Pathibhara Hospital

मन्त्रालय भागबन्डा गरेपनि मन्त्रिपरिषद् विस्तार भने भदौ १३ गते मात्र गर्ने बताइएको छ ।