काठमाडौं । नेकपा एमालेका सचेतक तथा सांसद ऐनबहादुर महरले सरकारले प्रस्तुत गरेको बजेटप्रति असन्तुष्टि व्यक्त गर्दै यसले जनअपेक्षा पूरा गर्न नसकेको बताएका छन् । मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले वर्तमान सरकारबाट मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रमा आमूल परिवर्तन ल्याउने खालको बजेट आउने अपेक्षा गरिएको भए पनि त्यसो हुन नसकेको बताए। उनले अर्थमन्त्रीप्रति आफूले उच्च अपेक्षा राखेको उल्लेख गर्दै तर बजेट प्रस्तुत भएपछि त्यसले आफूहरूलाई निराश बनाएको बताए । उनले भने,‘यो असाध्यै बलियो सरकारले असाध्यै राम्रो बजेट ल्याउँछ र आमूल परिवर्तनको एउटा कोशेढुंगा बन्छ भन्ने विश्वास लागेको थिय
काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका सांसद रमेश कुमार मल्लले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयका लागि विनियोजित बजेट मन्त्रालयको जिम्मेवारी र महत्वको तुलनामा अत्यन्तै न्यून रहेको भन्दै सरकारप्रति असन्तुष्टि व्यक्त गरेका छन्।मंगलबार प्रतिनिधिसभाको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै उनले कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले नागरिकलाई न्यायको पहुँचमा पुर्याउने, विधिको शासन सुदृढ गर्ने, सरकार र संसदबीच समन्वय कायम गर्ने, संक्रमणकालीन न्याय प्रक्रिया टुंग्याउने तथा विपन्न र दुर्गम क्षेत्रका नागरिकलाई निःशुल्क कानुनी सहायता उपलब्ध गराउने जस्ता महत्वपूर्ण जिम्मेवारी वहन गरिरहेको बताए। उन
काठमाडौं— राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को पहिलो महाधिवेशन नजिकिँदै गर्दा पार्टीभित्र पदाधिकारी बन्ने आकांक्षीहरूको संख्या उल्लेख्य रूपमा बढेको छ। सहमतिको प्रयास भए पनि आन्तरिक प्रतिस्पर्धा भने झन् तीव्र बन्दै गएको देखिएको छ।प्रस्तावित विधानअनुसार रास्वपामा १६ सदस्यीय पदाधिकारी संरचना रहनेछ। जसमा सभापतिसहित १० जना महाधिवेशनबाट निर्वाचित हुनेछन् भने ६ जना सभापतिबाट मनोनीत गरिने व्यवस्था छ।सभापति पदमा रवि लामिछाने निर्विरोध चयन हुने सम्भावना देखिए पनि उपसभापति, महामन्त्री र सह–महामन्त्री पदमा कडा प्रतिस्पर्धा हुने संकेत देखिएको छ।उपसभापति पदतर्फ महिला समूहमा सोबिता गौतम, इन्दिरा राना मगरल
काठमाडौं । सांसद रेखा यादवले सरकारमाथि विभिन्न संवेदनशील विषयमा जानकारी लुकाउने र संसदप्रति गैरजिम्मेवार व्यवहार गरेको आरोप लगाएकी छन्।मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मानव अधिकारसम्बन्धी प्रतिवेदन लुकाइएजस्तै गृहमन्त्रीसँग सम्बन्धित प्रतिवेदन पनि सरकारले लुकाएको आरोप लगाइन् । सांसद यादवले अर्थमन्त्रीको पछिल्लो अभिव्यक्तिप्रति पनि कडा आपत्ति जनाइन्। उनले मन्त्रीले संसदको रोष्टमबाट सांसदहरूलाई धम्क्याउने शैलीमा बोल्नु उपयुक्त नभएको बताइन्। उनले भनिन्,‘मानव अधिकारको रिपोर्ट जसरी लुकाइयो त्यसरी नै गृहमन्त्रीको रिपोर्ट पनि लुकाइएको छ । त्यस्तै,अर्थमन्त्रीज्यूको अभिव्यक्तिप्रति घोर आ
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) प्यानलगत नमुनामतपत्रको माग गरेपछि कर्णालीको अधिवेशनमा विवाद उत्पन्न भएको छ । प्यानलगत मत मागेको नमूना मतपत्र वितरण गरिएपछि सभापतिका प्रतिस्पर्धीले घोर आपत्ति जनाएका हुन् । विरेन्द्रनगरमा तीन दिन देखि जारी पहिलो अधिवेशनमा सभापतिका उम्मेदवार मदनबहादुर खड्काले आफ्नो प्यानलका उम्मेदवारलाई जिताउने गरी नमूना मतपत्र वितरण गरेपछि विवाद उत्पन्न भएको हो । पहिलो चरणमा सभापति र प्रदेश सदस्यका लागि हुने मतदानमा खड्काले आफू पक्षीय उम्मेदवारमा टिक लगाएर मत मागेको नमूनापत्र सार्वजनिक भएको स्रोतले बतायो। सभापतिको उम्मेदवारमा थप दुई जना स्नेहा उपाध्याय न
काठमाडौं । चीन भ्रमणमा रहेका परराष्ट्रमन्त्री शिशिर खनाल उच्चस्तरीय भेटघाटमा व्यस्त छन् । सोमबार चीनको राजधानी बेइजिङमा चिनियाँ विदेशमन्त्री वाङ यीसँग भेट्घाट गरेका छन् ।चीनले आफ्नो छिमेकी कूटनीतिमा नेपालसँगको सम्बन्धलाई सधैं महत्त्वपूर्ण स्थानमा राखेको बताउँदै सबै नेपाली जनताप्रति मैत्रीपूर्ण नीति अपनाएको जानकारी दिए । भेटवार्तामा वाङले नेपाल र चीन वर्षौंदेखि असल छिमेकी रहेको स्मरण गर्दै नेपालको लागि विकास, समृद्धि र आधुनिकीकरणको यात्रामा भरपर्दो छिमेकी तथा साझेदार रहने बताए । भेटका क्रममा वाङले ‘टाढाको आफन्त भन्दा नजिकको छिमेकी राम्रो’ हुने पनि उल्लेख गरेका छन् । चिनियाँ कम्युनिष्ट पार्टी के
काठमाडौं— फ्रान्सको एभियानमा हुने जी–७ शिखर सम्मेलनको विरोधमा स्विट्जरल्याण्डको जेनेभामा आइतबार विशाल प्रदर्शन गरिएको छ। ‘नो जी–७ गठबन्धन’को नेतृत्वमा भएको प्रदर्शनमा सहभागीहरूले ‘जी–७ लाई अस्वीकार गरौँ’ लगायतका नारा लगाएका थिए।सुरुमा शान्तिपूर्ण रहेको प्रदर्शनका क्रममा पछि केही विस्फोटका आवाज सुनिनुका साथै एक टेस्ला कारमा आगजनी गरिएको थियो। प्रहरीले प्रदर्शनस्थल नजिकबाट चक्कु, बञ्चरो, ग्यास क्यानिस्टर र पटाका बरामद गरेको जनाएको छ।प्रदर्शनका कारण जेनेभाको सार्वजनिक यातायात सेवा प्रभावित भएको थियो। जी–७ सम्मेलनलाई लक्षित गर्दै स्विस अधिकारीहरूले सुरक्षा व्यवस्था कडा बनाएका छन्।
काठमाण्डौं। अर्थमन्त्री डा स्वर्णिम वाग्लेले प्रधानमन्त्री कार्यालय अन्तर्गत एउटा सरकारी आईटी कम्पनी स्थापना गर्ने र एकीकृत सरकारी मेसेजिङ प्लेटफर्म विकास गर्ने घोषणा गरेसँगै नेपालको प्रविधि क्षेत्रमा एक नयाँ र गम्भीर बहस सुरु भएको छ । सरकारी सफ्टवेयर आयोजनाहरूलाई केन्द्रीकृत गर्न, साइबर सुरक्षा सुदृढ बनाउन र डिजिटल रूपान्तरणलाई छिटो—छरितो बनाउने लक्ष्यका साथ यो कदम चाल्न लागिएको सरकारको दाबी छ । उद्देश्य पक्कै पनि सकारात्मक सुनिन्छ, तर सक्षम निजी क्षेत्र र नवप्रवर्तनकारी स्टार्टअपहरू क्रियाशील रहेको बजारमा राज्य आफैं व्यवसायी बनेर ओर्लनु कत्तिको व्यावहारिक छ।सरकार सहजकर्ता बन्ने हो, प्र
काठमाडौं— सम्पत्ति शुद्धीकरणमा मुद्दा चलाइएका व्यवसायी दीपक भट्ट र सुलभ अग्रवालको आज विशेष अदालतमा थुनछेक बहस हुँदैछ । विशेष अदालतका अध्यक्ष सुदर्शनदेव भट्ट, सदस्य न्यायाधीशहरू उमेश कोइराला र विदुर कोइरालाको इजलासमा आज बयान सकिएपछि थुनछेक बहस हुनेछ । थुनछेक बहसपछि अदालतले थुनामा पठाउने या धरौटीमा छाड्ने कुनै एक निर्णय गर्नेछ ।सोमबार बयान नसकिएपछि दुवै जनालाई न्यायिक हिरासतमा पठाइएको थियो । प्रतिवादी बनाइएका भट्टमाथि सम्पत्ति शुद्धीकरण बापत २६ अर्ब ६३ करोड २७ लाख ७१ हजार, ५९ रुपैयाँ ६८ पैसा बिगो दाबी गरिएको छ । सम्पत्ति शुद्धीकरण मुद्दामा दीपक भट्ट, शंकर ग्रुपका सञ्चालक सुलभ अग्रवाल र शंकरलाल अ
कोशी। कोशी प्रदेश सरकारले पर्यटन क्षेत्रलाई आर्थिक विकासको प्रमुख आधार बनाउने लक्ष्यसहित आगामी आर्थिक वर्ष २०८३र८४ का लागि ३ अर्ब ४९ करोड रुपैयाँ बजेट विनियोजन गरेको छ ।यो रकम पर्यटकीय पूर्वाधार निर्माण, नयाँ गन्तव्यको प्रवर्द्धन र पर्यटन प्रचारप्रसारमा खर्च गरिने प्रदेश सरकारले जनाएको छ । प्रदेशले यसअघि घोषणा गरेको पर्यटन वर्ष कार्यक्रमलाई निरन्तरता दिँदै आगामी दुई वर्षलाई पनि ‘भ्रमण वर्ष’का रूपमा मनाउने निर्णय गरेको छ ।सरकारले पर्यटनमा गरिएको लगानीले आन्तरिक तथा बाह्य पर्यटकको आगमन बढाउने, स्थानीय रोजगारी सिर्जना गर्ने र प्रदेशको अर्थतन्त्रलाई थप चलायमान बनाउने अपेक्षा लिएको छ । पर्यटनलाई प्
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.