राजनीति

    Showing 911-920 of 7,500 items.
  • गृहमन्त्रीलाई हटाउने निर्णय नभएको प्रधानमन्त्री कार्यालयको स्पष्टिकरण

    काठमाडौं । प्रधानमन्त्रीको कार्यालयले गृहमन्त्री ओमप्रकाश अर्याललाई हटाउने निर्णय नभएको स्पष्ट पारेको छ ।पछिल्ला दिनहरूमा गृहमन्त्री अर्याललाई हटाउने विषयमा विभिन्न समाचार माध्यम तथा सामाजिक सञ्जालमार्फत फैलिएको सूचनाले प्रधानमन्त्रीको ध्यानाकर्षण भएको भन्दै प्रधानमन्त्रीको स्वकीय सचिवालयले स्पष्टिकरण जारी गरेको छ ।बुधबार जारी विज्ञप्तिमा कसैलाई मन्त्री बनाउने वा हटाउने पूर्ण अधिकार प्रधानमन्त्रीलाई रहँदै आएको र कसैको दवाब वा प्रभावमा आधारित भएर यस्तो निर्णय हुने सवाल नै नउठ्ने उल्लेख गरिएको छ ।प्रधानमन्त्रीका स्वकीय सचिव आदर्शकुमार श्रेष्ठले निकालेको विज्ञप्तिमा भनिएको छ, ‘जेनेजी आन्दोलनबाट उ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 126 पटक पढिएको
  • २२ गते विश्वासको मत लिने मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलको तयारी

    जनकपुर— मधेश प्रदेशका मुख्यमन्त्री जितेन्द्र सोनलले अब आउने २२ गत्ते शनिबार विश्वासको मत लिने भएका छन् ।हिजो मुख्यमन्त्री सोनलको निवासमा बसेको सात दलीय गठबन्धनको बैठकबाट विश्वासको मत लिने निर्णय भएको जनाइएको छ । मुख्यमन्त्री सोनलले विश्वासको मत लिएपछि मात्रै मन्त्रिमण्डल विस्तार गर्नेभएका छन् । मन्त्रालयहरुको संख्यागत टुंगो लागिसके पनि मन्त्रालयको नाम टुंगो लाग्न बाँकी रहेको बताइएको छ । जसपा नेपालले भौतिक विकास मन्त्रालय समेत ४ र जनमत पार्टीले अर्थ सहित ३ मन्त्रालय भागवण्डा हुने निश्चित देखिएको छ ।यता, माओवादी केन्द्रले उर्जा, सिँचाइ तथा खानेपानी सहित दुई मन्त्रालय र नेकपा एकीकृत समाजवादीले उद

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 381 पटक पढिएको
  • बालुवाटार बैठकः सबै दलहरु निर्वाचनमा भाग लिन सहमत

    काठमाडौं— निर्वाचनको वातावरण बनाउनका लागि सरकार, राजनीतिक दल र जेनजी प्रतिनिधिहरूबीच त्रिपक्षीय छलफल भएको छ ।बुधबार राति बालुवाटारमा  प्रधानमन्त्री सुशीला कार्कीको आह्वानमा बसेको पहिलो त्रिपक्षीय बैठक बैठकमा विशेषगरी निर्वाचन सफल बनाउने तथा मुलुकमा सुशासन कायम र भ्रष्टाचार नियन्त्रणका विषयमा विचारविमर्श भएको सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए । उनले निर्वाचन सबै दलहरुले भाग लि तयार रहेको प्रतिक्रिया बैठकमा दिएको भन्दै अधिकांश राजनीतिक दलले सरकार निर्वाचनका लागि अगाडि बढोस् हाम्रो साथ सहयोग रहन्छ भन्ने कुरा राखेको जानकारी दिए । उनले भने,

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 399 पटक पढिएको
  • नेकपा एसको केन्द्रीय समिति बैठक आज पनि जारी

    काठमाडौं— नेकपा (एकीकृत समाजवादी) पार्टीको केन्द्रीय समिति तेस्रो पूर्ण बैठक आज पनि जारी छ। बुधबारदेखि काठमाडौंको मिराकल भेन्युमा सुरु भएको बैठकको पहिलो दिन पार्टी अध्यक्ष माधवकुमार नेपालले राजनीतिक प्रतिवेदन पेस गरेका थिए।राजनीतिक प्रतिवेदनमार्फत अध्यक्ष नेपालले वर्तमान सन्दर्भमा कम्युनिस्ट एकता आवश्यक भए पनि स्पष्ट वैचारिक र संगठनात्मक आधार नभई एकता सम्भव नहुने बताएका थिए। बैठक कात्तिक १४ गतेसम्म चल्नेछ। बैठकमा पार्टीले वैचारिक दृष्टिकोण र सैद्धान्तिक आधार स्पष्ट गर्ने, संगठन पुनर्गठनको कार्ययोजना तय गर्ने छ । त्यस्तै, वर्तमान नेतृत्व पुस्तान्तरणबारे निर्णय गर्ने तयारी पनि रहेको छ

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 420 पटक पढिएको
  • राष्ट्रियसभाबाट १९ सांसदको कार्यकाल समाप्त हुँदै, सबैभन्दा धेरै एमालेका

    काठमाडौं— आगामी फागुनदेखि राष्ट्रियसभाका १९ जना सांसदको कार्यकाल समाप्त हुँदैछ। तीमध्ये सबैभन्दा धेरै, आठ जना सांसद नेपाल कम्युनिस्ट पार्टी (एमाले) का रहेका छन्।संघीय संसद् सचिवालयका प्रवक्ता एकराम गिरीका अनुसार कार्यकाल सकिने सांसदहरूमा नेकपा (माओवादी केन्द्र) का सात, नेकपा (एमाले) का आठ, एकीकृत समाजवादीका एक, जनता समाजवादी पार्टी (जसपा) का एक, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) का एक र राष्ट्रपतिबाट मनोनीत एक जना सांसद छन्।राष्ट्रपतिबाट मनोनीत सांसद वामदेव गौतम पनि यसपटक कार्यकाल समाप्त भई बिदा हुने सांसदमा परेका छन्।माओवादी केन्द्रबाट बिदा हुने सांसदहरूमा गोपीबहादुर सार्की अछामी, गङ्गाकुम

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 385 पटक पढिएको
  • विकासप्रति असन्तुष्टि जनाउँदै वडाध्यक्षद्वारा कार्यालयको साँचो बुझाए

    रोल्पा— थबाङ गाउँपालिका–२ की वडाध्यक्ष अभिलाषा रोका मगरले गाउँपालिकाको उदासीनताप्रति असन्तुष्टि जनाउँदै वडा कार्यालय बन्द गरेर गाउँपालिका कार्यालयलाई साँचो बुझाएकी छन्।विकास निर्माणका काममा पालिकाले चासो नदेखाएको आरोप लगाउँदै वडाध्यक्ष रोकामगरले यस्तो कदम चालेकी हुन्। उनीका अनुसार लामो समयदेखि अवरुद्ध ग्रामीण सडक सञ्चालनमा नआएको, केन्द्रीय विद्युत् प्रसारण लाइनको काममा ढिलाइ भइरहेको र समग्र विकास कार्यमा पालिकाले ध्यान नदिएको कारण उनले साँचो बुझाउने निर्णय लिएकी हुन्।‘गाउँपालिकाको नेतृत्वले समस्याप्रति चासो नदेखाएपछि बाध्य भएर कार्यालय बन्द गर्नुपर्‍यो,’ उनले भनिन्। माग पूरा नभए राजीनामा दिने

    • प्रकाशित मितिः कार्तिक १३, २०८२
    • 397 पटक पढिएको
  • राष्ट्रिय सभाको निर्वाचन माघ ११ गते हुने

    काठमाडौं— सरकारले राष्ट्रिय सभा सदस्यका रिक्त पद पूर्तिका लागि आगामी माघ ११ गते निर्वाचन गर्ने निर्णय गरेको छ। बुधबार सिंहदरबारमा बसेको मन्त्रिपरिषद् बैठकले माघ ११ गते आइतबारका दिन निर्वाचन गराउने मिति तोकेको सरकारका प्रवक्ता तथा सञ्चार तथा सूचना प्रविधि मन्त्री जगदीश खरेलले जानकारी दिए।सरकारका प्रवक्ता खरेलका अनुसार बैठकले सङ्घीय संसद्का पदाधिकारी तथा सदस्यहरूको पारिश्रमिक र सुविधासम्बन्धी ऐन, २०७३ को अनुसूची–२ मा संशोधन गर्ने निर्णय पनि गरेको छ। सो संशोधनमार्फत स्वकीय सचिवालयको दरबन्दी घटाइने भएको छ।त्यस्तै बैठकले कतारको दोहामा आयोजना हुने सेकेन्ड वर्ल्ड समिट फर सोसल डेभलपमेन्ट कार्यक्रममा स

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 408 पटक पढिएको
  • संकटको घडिमा एकजुट हुन जरुरी छ, आत्मनिन्दा कम गर्नुपर्छः प्रकाशशरण महत

    काठमाडौं— नेपाली कांग्रेसका प्रवक्ता प्रकाशशरण महतले पार्टीभित्रको एकता र आत्मविश्वास सुदृढ गर्न आग्रह गरेका छन् । वीपी चिन्तन प्रतिष्ठानले आयोजना गरेको ‘वर्तमान राजनीतिक विषयमा केन्द्रित’ कार्यक्रममा बोल्दै उनले पार्टीभित्रका मतभेदलाई छोडेर एकताको आवश्यकता रहेको बताए । उनले अहिले देश गम्भीर संकटमा रहेको र यस्तो अवस्थामा कांग्रेस नेतृत्वले संगठनलाई सशक्त र एकताबद्ध बनाउनुपर्ने बेला आएको बताए । उनले भने, ‘पार्टीको मूल मर्म र भावनालाई बुझेका मान्छेहरू मात्रै सक्रिय सदस्य हुन्छन् । सक्रिय सदस्यहरूले नै पार्टी नेतृत्व गर्छन्, हाम्रो पद्धति त्यही हो । अहिले हाम्रो बहस विशेष महाधिवेशन मंसिरमा भ

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 483 पटक पढिएको
  • माधव नेपाल भन्छन् कम्युनिस्ट एकताको आवश्यकता छ तर स्पष्ट आधार बिना सम्भव छैन

     काठमाडौं— नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले पार्टीको तेस्रो पूर्ण बैठकमा राजनीतिक प्रतिवेदन पेस गर्दै कम्युनिस्ट एकता आजको आवश्यकता भए पनि स्पष्ट सैद्धान्तिक तथा संगठनात्मक आधार निर्माण नभइकन पार्टी एकता सम्भव नहुने बताएका छन् ।बुधबार बसेको बैठकमा उनले मुलुक संक्रमणकालीन अवस्थामा रहेको, लोकतन्त्र, राष्ट्रिय सार्वभौमिकता तथा सात दशक लामो संघर्षबाट प्राप्त उपलब्धीहरू गुम्ने खतरा मौजुदा रहेको चेतावनी दिए । उनले राजनीतिक दलहरूमाथिको बढ्दो प्रहारलाई पनि गम्भीर चुनौतीको रूपमा व्याख्या गर्दै यसका विरुद्ध एकजुट भएर अघि बढ्नु आजको अनिवार्य दायित्व रहेको उल्लेख गरे ।नेतृत्वद्वारा

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 449 पटक पढिएको
  • जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै प्रधानमन्त्रीको टाईमपास भइरहेको छः दुर्गा प्रसाईँ

    काठमाडौं— मेडिकल व्यवसायी दुर्गा प्रसाईँले वर्तमान प्रधानमन्त्री शुसिला कार्कीले जेनजीहरुसँगको वार्तामा पूरै समय खेरा फालिरहेको टिप्प्णी गरेका छन् । बुधबार मानव अधिकार आयोगका अध्यक्षसँगको वार्तापछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै उनले पाँच हजार जेनजीहरु अहिले मन्त्रीबन्ने लाइनमा रहेको भन्दै जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै  प्रधानमन्त्रीको टाईमपास भइरहेको बताए । उनले भने, ‘अहिलेको सरकारको हालत के छ थाहा छ । पाँच हजार जेनजीहरु अहिले मन्त्री बन्न लाइनमा छन् । जेनजीसँग वार्ता मिलाउँदा मिलाउँदै अहिले प्रधानमन्त्रीको टाईमपास भइरहेको छ । बसेर उठ्न नसक्ने हालत प्रधानमन्त्रीको छ ।’&nb

    • प्रकाशित मितिः कार्तिक १२, २०८२
    • 454 पटक पढिएको
  • Esoul Media (P) Ltd.
  • सूचना तथा प्रशारण बिभाग दर्ता नं: २३१७/०७७-०७८
  • विज्ञापनका लागि सम्पर्क
  • Mb: 9852655454/9814072385
  • [email protected]
  • संवाददाता
  • दिपेन बिश्वकर्मा