काठमाडौं / नेपाली कांग्रेसले संसदीय दलको बैठक बोलाएको छ । मंगलबार बिहान नौ बजे संघीय संसद् भवनको ल्होत्से हलमा दलको बैठक बस्ने नेपाली कांग्रेसले जनाएको छ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा खेल्ने भूमिकाबारे छलफल गर्न कांग्रेसले दलको बैठक बोलाएको हो ।काङ्ग्रेससहित सत्ता गठबन्धनका ९८ जना सांसदहरुले आइतबार जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए ।
काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्दैछ।तर, प्रमुख विपक्षी एमाले सहभागी नहुने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नरहेको नेम्वाङको भनाइ छ।पछिल्लो समय एमाले सभामुखप्रति रुष्ट छ । यसअघिका बैठकमा पनि एमाले उपस्थित भएक
काठमाडौँ / सर्वोच्च अदालतले विदेशमा रहेका नागरिकलाई मतदानको व्यवस्था मिलाउन दिएको आदेश कार्यान्वयनमा अलमल देखिएको छ । सर्वोच्चको उक्त आदेश कार्यान्वयनगराउन सम्भव भएको सरोकारवाला पक्षको भनाइ छ ।नेपाल पोलिसी इन्स्टिच्यूट ९एनपिआई० द्वारा आइतबार भर्चुअलरुपमा आयोजित नीति संवाद शृङ्खलामा सरोकारवालाले प्रविधिको प्रयोगबाट मताधिकार गर्न सम्भव रहेको बताए। ‘जुनसुकै देशमा भए पनि नेपालीको पहिचान छ भने मताधिकार दिइनुपर्छ। यस सन्दर्भमा निर्वाचन आयोगबाट अध्ययन पनि भइसकेको छ’, पूर्वप्रमुख निर्वाचन आयुक्त नीलकण्ठ उप्रेतीले भने, ‘अदालतको आदेश छ तर यसको कार्यान्वयन भइरहेको छैन।’निर्वाचन आयोग र परराष्ट्
काठमाडौं / प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने उनको सचिवालयले जनाएको हो । बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ। सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक फागुन ४ गते सारेर सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग लगाएपछि विकिसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्ने लेनदेनमा सत्ता गठबन्धनले ज
काठमाडौं ।प्रतिनिधि सभाको बैठक दुई दिन पछि सारिएको छ। प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध संसद सचिवालयमा आज महाअभियोग दर्ता भएपछि प्रतिनिधि सभाको बैठक फागुन ४ गतेलाई सारिएको हो। संसद सचिवालयले आज सूचना जारी गरी सभाको बैठक फागुन ४ गते दिउँसो १ बजेसम्मका लागि सारिएको जानकारी गराएको छ। यसअघि संसद बैठक फागुन २ गते १ बजे बस्ने तय भएको थियो ।
बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ब्युँत्याएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै थापाले पुरानो पार्टीलाई पुनर्जागृत गरेको जानकारी दिएका हुन् ।राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गरेको भएपनि शुभचिन्तक र निकटस्थहरूको सुझाव सल्लाह बमोजिम पुरानै राप्रपा नेपाल ब्युँताइएको बताएका हुन् । राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो ।वि.स. २०७३ सालमा पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण
काठमाडौँ / पाँच दलीय गठबन्धनले प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाअभियोग दर्ता गराएपछि प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सोमबारका लागि संसदीय दलको बैठक बोलाएको छ ।प्रमुख सचेतक विशाल भट्टराईका अनुसार, भोलि बिहान ११ बजे संसद् भवन बानेश्वरको ल्होत्से हलमा बैठक बस्नेछ । सत्तारुढ दलहरूले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग दर्ता गराएको बारे निर्णय लिन संसदीय दलको बैठक एमालेले बोलाएको हो ।
काठमाडौं / सत्ता गठबन्धनका सांसदहरुले प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । राणाविरुद्ध दर्ता भएको महाअभियोग प्रस्तावमा विभिन्न २१ वटा आरोप लगाइएको छ ।महाअभियोग प्रस्तावमा राणाको कार्यकालमा न्यायपालिकाभित्र अतिशय विकृति, विसंगति, भ्रष्टाचार तथा विचौलियाहरुले प्रवेश पाएको र प्रभाव बढाउँदै लगेको आरोपसमेत लगाइएको छ । त्यस्तै, संविधानले दिएका जिम्मेवारीहरुलाई प्रधानन्यायाधीश राणाले आफ्नो निजी सम्पत्ति सरह स्वेच्छाचारी ढंगले दुरुपयोग गरेको आरोप समेत लगाइएको छ ।हेर्नुहोस् महाअभियोगको पूर्णपाठ :
काठमाडौं / भोलि फागुन २ गते सोमबारका लागि बोलाइएको प्रतिनिधि सभा बैठक ४ गते बुधवार बस्नेगरी स्थगित भएको छ । प्रतिनिधि सभा बैठक भोलि दिउँसो १ बजे बस्नेगरी बोलाइएको थियो ।संघीय संसदका महासचिव डा। भरतराज गौतमद्वारा जारी सूचनामा सोमबार बस्ने भनिएको बैठक विशेष कारणले बस्न नसक्ने उल्लेख छ । प्रतिनिधि सभा नियमावली २०७५ को नियम ६ को उपनियम (३) बमोजिम सभामुख अग्नीप्रसाद सापकोटाले प्रतिनिधि सभाको बैठक फागुन ४ गते बुधबार १ बजे बस्नेगरी समय निर्धारण गर्नु भएको पनि सूचनामा उल्लेख छ ।
काठमाडौं / महाअभियोगको प्रस्ताव दर्तासँगै प्रधानन्यायाधीश चोलेन्द्र शम्सेर जबरा स्वतः निलम्बनमा परेपछि सर्वोच्च अदालतका वरिष्ठ न्यायाधीश दीपक कुमार कार्की कायम मुकायम प्रधानन्यायाधीश बन्ने भएका छन् ।कार्कीले संवैधानिक परिषदको, न्याय सेवा आयोग, न्यायपरिषदको पनि कामु अध्यक्ष भएर काम गर्न पाउनेछन् । सर्वोच्च अदालतमा निलम्बनको पत्र पुगेपछि वरिष्ठत न्यायाधीश कार्की स्वतः कार्यबहाक प्रधानन्यायाधीशको रुपमा कायम हुनेछन् ।संविधानको धारा १०१ (६) अनुसार, महाअभियोगको प्रस्ताव टुंगो नलागेसम्म कुनै कामकार्बाही गर्न पाइँदैन ।
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.