काठमाडौं / प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले आज (सोमबार) सर्वदलीय बैठक बोलाएका छन् । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणविरुद्ध महाअभियोग दर्ता भएपछि त्यसलाई प्रक्रियामा पुर्‍याउने र जारी संसद्को अवरोधको विषयमा छलफल हुने उनको सचिवालयले जनाएको हो । 

बैठक दिउँसो २ बजे सिंहदरबारमा बस्नेछ।  सोमबार दिउँसो १ बजेका लागि बोलाइको प्रतिनिधिसभाको बैठक फागुन ४ गते सारेर सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । प्रधानन्यायाधिश चोलेन्द्रशम्शेर राणाविरुद्ध महाअभियोग लगाएपछि विकिसित राजनीतिक घटनाक्रमबारे छलफल गर्न बैठक बोलाइएको हो ।

OM Sai Pathibhara Hospital

संसदबाट एमसीसी सम्झौता अनुमोदन गर्ने लेनदेनमा सत्ता गठबन्धनले जबराविरुद्ध महाअभियोग ल्याएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेको आरोप छ । प्रमुख प्रतिपक्षी एमाले भने सभामुखले बोलाइएको बैठकमा सहभागी नहुने भएको छ।