काठमाडौं / सभामुख अग्निप्रसाद सापकोटाले बोलाएको सर्वदलीय बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले सहभागी नहुने भएको छ ।

प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराविरुद्धको महाअभियोग प्रस्तावपछिको अवस्थाबारे छलफल गर्न सभामुखले आज सर्वदलीय बैठक बोलाएका छन् । बैठक दिउँसो २ बजे सिंहदरबारस्थित संसद् सचिवालयमा बस्दैछ।

OM Sai Pathibhara Hospital

तर, प्रमुख विपक्षी एमाले सहभागी नहुने संसदीय दलका उपनेता सुवास नेम्वाङले जानकारी दिए । महाअभियोग प्रस्ताव नै षड्यन्त्रपूर्ण र प्रतिपक्षसँग तनाव बढाउने उद्देश्यले आएकाले त्यस्ता बैठकमा जानुको अर्थ नरहेको नेम्वाङको भनाइ छ।

पछिल्लो समय एमाले सभामुखप्रति रुष्ट छ । यसअघिका बैठकमा पनि एमाले उपस्थित भएको छैन । साथै, बैठकमा अमेरिकी मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता र प्रधानन्यायाधीश राणाविरुद्धको महाअभियोगको विषयमा छलफल हुने बुझिएको छ ।

सत्ता गठबन्धनका सांसदले आइतबार प्रधानन्याधीश जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेपछि मुलुकको राजनीति तरंगित भएको छ । 

प्रमुख प्रतिपक्षी एमालेले महाभियोग प्रस्ताव षड्यन्त्रको भुमरीबाट आएको भन्दै प्रतिवाद गर्ने भनिसकेको छ । एमाले संसदीय दलको बैठक पनि आज बस्दैछ ।