बिर्तामोड / राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) बाट अलग भएका कमल थापाले आफ्नो नेतृत्वको पुरानो पार्टी राष्ट्रिय प्रजातन्त्र पार्टी नेपाललाई ब्युँत्याएका छन् । आइतबार एक विज्ञप्ति जारी गर्दै थापाले पुरानो पार्टीलाई पुनर्जागृत गरेको जानकारी दिएका हुन् ।

राप्रपाबाट निस्केर थापाले नयाँ नाममा पार्टी दर्ता गर्ने तयारी गरेको भएपनि  शुभचिन्तक र निकटस्थहरूको सुझाव  सल्लाह बमोजिम पुरानै राप्रपा नेपाल ब्युँताइएको बताएका हुन् । राप्रपा नेपाल विगतमा कमल थापाले नै स्थापना गरेको पार्टी हो ।

OM Sai Pathibhara Hospital

वि.स. २०७३ सालमा पशुपतिशमशेर राणाले नेतृत्व गरेको राप्रपासँग एकता गरेर राष्ट्रिय प्रजातन्त्र पार्टी निर्माण भएको थियो । त्यसपश्चात् राप्रपा नेपालको नाममा अर्को पार्टी निर्वाचन आयोगमा दर्ता भएको थियो ।

राप्रपा नेपालका अध्यक्ष रहेका लाक्पा शेर्पाले विज्ञप्ति जारी गरेर आफ्नो अध्यक्ष पद थापालाई हस्तान्तरण गरेको जानकारी दिएका हुन्। योसँगै थापा राप्रपा परित्याग गरेको एक सातामै राप्रपा नेपालको अध्यक्ष बनेका छन् ।  ‘हिन्दूराष्ट्र, सुशासन र समृद्धि’ राप्रपा नेपालको मूल एजेण्डा हुने थापाको भनाइ रहेको छ ।

राप्रपा नेपालमा आवद्ध भएसँगै अध्यक्ष भएका थापाले केही समयको अलमलपछि आफू पुनः पार्टीमा फर्किएको बताएका हुन् । राप्रपा नेपालको घोषणासभा आगामी फागुन ७ गते काठमाडौंमा हुनेछ  ।  

11

22