राजनीति

    Showing 8,411-8,420 of 10,378 items.
  • बिर्तामोडमा एमसीसीको विषयमा सडक जनमत संग्रह

    बिर्तामोड  / वाई सी एल झापा र अनेरास्ववियु (क्रान्तिकारी) झापाले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत संग्रह गरेको छ । बिहान ७ बजे देखी बेलुकी ४ सम्म झापाका ४ वटा निर्वाचन क्षेत्रमा एकै पटक सडक जनमत संग्रह गरिएको हो ।एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै वाई सी एल झापा र अनेरास्ववियु (क्रान्तिकारी)ले बिर्तामोड बजारको मुक्तीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो ।सडकमै मत पेटिका राखेर गरिएको उक्त जनमत संग्रहको नतिजा भोलि मात्र आउने  अनेरास्ववियु (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 122 पटक पढिएको
  • शुक्रबार बस्नेगरी प्रतिनिधिसभा बैठक स्थगित

    काठमाडौं/  प्रतिनिधिसभाको आज बस्न भनिएको बैठक स्थगित भएको छ । आजको बैठकमा एमसीसीबारे सामान्य छलफल सुरु हुने कार्यसूची रहेको थियो तर, बैठक आकस्मिक स्थगित गरिएको हो ।सरकारको आग्रहमा सभामुख अग्निप्रसाद सापकोटाले बैठक स्थगित गरेका हुन् । बैठक भोलि १ बजे पुनः बस्नेछ ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 94 पटक पढिएको
  • एमसीसी खारेजी माग राख्दै राप्रपाद्धारा बिर्तामोडमा विरोध प्रदर्शन

    बिर्तामोड / एमसीसी खारेजी गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले झापाको बिर्तामोडमा  विरोध प्रदर्शन गरेको छ । राप्रपा क्षेत्र नं २ को आयोजनामा भएको कार्यक्रम बिर्तामोडको पार्टी कार्यलयबाट सुरु भएको  थियो ।  प्रदर्शनमा मुक्तिचोक क्षेत्र परिक्रमा गरेर कोण सभामा परिणत भएको हो ।  प्रर्दशनकारीले अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रघाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए । कार्यक्रममा बिर्तामोड नगर कमिटी  अध्यक्ष रञ्जु प्याकुरेल , पार्टीका युवा नेता केशव कार्की , युबक संगठनका पुर्व केन्द्रिय उपाध्यक्ष धु्र्ब शिवाकोट

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 137 पटक पढिएको
  • कार्य व्यवस्था परामर्श समितिको बैठक जारी

    काठमाडौं / संघीय संसद, प्रतिनिधि सभा कार्य व्यवस्था परामर्श समितिको बैठक जारी रहेको छ । सभामुख अग्निप्रसाद सापकोटाको अध्यक्षतामा संसद भवन नयाँ बानेश्वस्थित शंकर हलमा बैठक जारी रहेको छ ।अहिले १ बजे संसद बैठक बस्दैछ । आजको प्रतिनिधिसभा बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) माथि छलफल गर्ने कार्यसूची छ । बैठकमा एमाले भने सहभागी छैन ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 86 पटक पढिएको
  • बानेश्वरमा आज पनि आन्दोलन

    काठमाडौं / संसदमा आज एमसीसीबारे छलफल हुने भएपछि सत्तारुढ दल नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी पार्टी, जनमोर्चालगायतका भ्रातृसंगठनले आन्दोलन गर्ने भएका छन् ।राष्ट्रिय सहमतिमा मात्र एमसीसी पास गर्नुपर्ने भन्दै आएको माओवादी र समाजवादीका भातृ संगठनले आज पनि प्रदर्शन गर्ने भएका हुन् । दिउँसो १ बजे नयाँ बानेश्वरस्थित संसद भवनमा बस्ने बैठकमा अमेरिकी सहयोग परियोजना (एमसीसी) सम्झौतामाथि छलफल हुनेछ ।संसद् सचिवालयका अनुसार आजको सम्भावित कार्यसूचीमा एमसीसीमाथि सामान्य छलफल होस् भन्ने प्रस्ताव पेस हुने उल्लेख छ । सो प्रस्ताव अर्थमन्त्री जनार्दन शर्माले पेस गर्ने छन् । फागुन ८ गते आइतबार एमसीसी स

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 107 पटक पढिएको
  • कांग्रेसका १६ जिल्लाका हुन बाँकी अधिवेशन फेरि स्थगित

    काठमाडौं / नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । कांग्रेसले आज एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो ।अब ती अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ ।फागुन १५ गते ती जिल्लामा अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका थियो ।

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 113 पटक पढिएको
  • एमसीसीबारे प्रचण्ड, माधव र झलनाथबीच छलफल

    काठमाडौँ / बिहीबार दिउँसो १ बजे बस्ने प्रतिनिधि सभा बैठकमा एमसीसीबारे सैद्धान्तिक छलफल सुरु हुनुअघि सत्तारुढ दुई दलका शीर्ष नेता छलफलमा जुटेका छन् । एमसीसीको विपक्षमा उभिने निर्णय गरेका सत्तारुढ दल नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीका शीर्ष नेताबीच सिंहदरबारमा छलफल भएको हो ।नेकपा एकीकृत समाजवादीको संसदीय दलको कार्यालय सिंहदरबारमा भएको छलफलमा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’,नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र समाजवादीकै सम्मानित नेता झलनाथ खनाल सहभागी छन् । तीन नेताबीच एमसीसी निर्णयार्थ प्रस्तुत गर्दा कस्तो भूमिकामा रहने भन्ने रणनीतिका बारेमा छलफल भएक

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 94 पटक पढिएको
  • संसद बैठक बस्दै, एमसीसीबारे छलफल हुने

    काठमाडौं / संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बस्ने आजको संसद बैठकमा एमसीसीबारे छलफल सुरु गर्ने तयारी छ ।नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज छलफल गर्ने कार्यसूची रहेको छ ।संघीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौता सम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको थियो ।त्यस्तै बैठकमा कानुन, न्याय तथा सं

    • प्रकाशित मितिः फागुन १२, २०७८
    • 115 पटक पढिएको
  • एमसीसी छलफलमा अनिवार्य उपस्थित हुन कांग्रेसको निर्देशन

    काठमाडौं / प्रमुख सत्तारूढ दल नेपाली कांग्रेसले बिहीबार बस्ने प्रतिनिधिसभाको बैठकमा आफ्ना सांसदहरुलाई अनिवार्य उपस्थितिका लागि निर्देशन दिएको छ । संसद् बैठकमा अनिवार्य उपस्थितिका लागि सबै सांसदहरुलाई निर्देशन गरिएको कांग्रेस सचेतक पुष्पा भुसालले जानकारी दिएकी छिन् ।आइतबारको संसद् बैठकमा टेबल भएको अमेरिकी अनुदान सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेशन  (एमसिसी) सम्बन्धी प्रस्तावमाथि बिहीबारदेखि सैद्धान्तिक छलफल प्रारम्भ हुँदैछ। एमसिसी सम्झौताअनुसार यही फागुन १६ गतेसम्म उक्त प्रस्ताव संसद्बाट अनुमोदन गरिसक्नुपर्छ । ठूला राजनीतिक दलमध्ये हालसम्म कांग्रेस मात्र स्पष्ट रुपमा खुलेर एमसिसीका पक्षमा द

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 107 पटक पढिएको
  • एमसीसीको पक्षमा मतदान गर्ने लोसपाको निर्णय

    काठमाडौं / १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिएकी छिन् । विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको उनको भनाइ रहेको छ ।सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको छ भने बिहीबारको बैठकमा सामान्य छलफल गरिने सम्भावित कार्यसूची छ ।

    • प्रकाशित मितिः फागुन ११, २०७८
    • 111 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.