काठमाडौं / १३ सांसद भएको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा)ले एमसीसी सम्झौताको पक्षमा मतदान गर्ने निर्णय गरेको छ ।

बरमहलस्थित पार्टी केन्द्रीय कार्यालयमा बुधबार दिउँसो बसेको संसदीय दलको बैठकले एमसीसीको पक्षमा मतदान गर्ने निर्णय गरेको सांसद चन्दा चौधरीले जानकारी दिएकी छिन् । विकासका लागि ल्याइएको परियोजना भएकाले र पहिल्यैदेखि सरकारमा संलग्न पनि रहेकाले समर्थन गर्ने निर्णय भएको उनको भनाइ रहेको छ ।

OM Sai Pathibhara Hospital

सरकारले आइतबारको प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबल गरेको छ भने बिहीबारको बैठकमा सामान्य छलफल गरिने सम्भावित कार्यसूची छ ।