बिर्तामोड  / वाई सी एल झापा र अनेरास्ववियु (क्रान्तिकारी) झापाले यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत संग्रह गरेको छ । बिहान ७ बजे देखी बेलुकी ४ सम्म झापाका ४ वटा निर्वाचन क्षेत्रमा एकै पटक सडक जनमत संग्रह गरिएको हो ।

एमसीसीको विषयमा आम धारणा बुझेर सो धारणा सत्तामा बस्ने नेतालाई सुनाउनका लागि भन्दै वाई सी एल झापा र अनेरास्ववियु (क्रान्तिकारी)ले बिर्तामोड बजारको मुक्तीचोकमा यथास्थितिमा एमसीसी पारित गर्ने वा नगर्ने विषयमा सडक जनमत सङ्ग्रह गरेको हो ।

OM Sai Pathibhara Hospital

सडकमै मत पेटिका राखेर गरिएको उक्त जनमत संग्रहको नतिजा भोलि मात्र आउने  अनेरास्ववियु (क्रान्तिकारी) झापाका अध्यक्ष रञ्जन धमलाले जानकारी दिए ।

 एमसीसी यथास्थितिमा पास नगर्नका लागि दबाब सिर्जना गर्न पनि सडक जनमत सङ्ग्रह गरिएको अध्यक्ष  धमलाले बताएका हुन् ।

सडक जनमत सङ्ग्रहको परिणामलाई जिल्ला प्रशासन कार्यालयमार्फत सरकार समक्ष पठाइने अनेरास्ववियु (क्रान्तिकारी)ले जनाएको छ ।