काठमाडौं / संघीय संसद प्रतिनिधिसभाको बैठक आज बस्दैछ । नयाँ बानेश्वरस्थित संसद भवनमा आज दिउँसो १ बस्ने आजको संसद बैठकमा एमसीसीबारे छलफल सुरु गर्ने तयारी छ ।

नेपाल सरकार र अमेरिकी सहयोग निकाय मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) बीच भएको अनुदान सहायता सम्झौतासम्बन्धी प्रस्तावबारे संसदमा आज छलफल गर्ने कार्यसूची रहेको छ ।

OM Sai Pathibhara Hospital

संघीय संसद्का प्रवक्ता डा. रोजनाथ पाण्डेका अनुसार आजको बैठकमा एमसीसी प्रस्तावमा सामान्य छलफल गरियोस् भन्ने प्रस्ताव प्रस्तुत हुनेछ । संसद् सचिवालयमा दर्ता भएको अढाई वर्षपछि एमसीसी सम्झौता सम्बन्धी प्रस्ताव गत आइतबार मात्र संसदमा टेबल गरिएको थियो ।

त्यस्तै बैठकमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री दिलेन्द्रप्रसाद बडुले ‘महान्याधिवक्ताको वार्षिक प्रतिवेदन, आर्थिक वर्ष २०७७÷७८’ पेस गर्ने कार्यसूची छ ।