बिर्तामोडएमसीसी खारेजी गर्नुपर्ने भन्दै राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले झापाको बिर्तामोडमा  विरोध प्रदर्शन गरेको छ । राप्रपा क्षेत्र नं २ को आयोजनामा भएको कार्यक्रम बिर्तामोडको पार्टी कार्यलयबाट सुरु भएको  थियो ।

 प्रदर्शनमा मुक्तिचोक क्षेत्र परिक्रमा गरेर कोण सभामा परिणत भएको हो ।  प्रर्दशनकारीले अमेरिकी सहायता परियोजना एमसीसी राष्ट्रघाती भएको भन्दै त्यसको खारेजी गर्नुपर्ने भन्दै नारावाजी गरेका थिए ।

OM Sai Pathibhara Hospital

कार्यक्रममा बिर्तामोड नगर कमिटी  अध्यक्ष रञ्जु प्याकुरेल , पार्टीका युवा नेता केशव कार्की , युबक संगठनका पुर्व केन्द्रिय उपाध्यक्ष धु्र्ब शिवाकोटी , राप्रपा क्षेत्र नं २ का अध्यक्ष दीपक कुमार मास्केले मन्तव्य राखेको कार्यक्रम सञ्चालक शिखा खड्काले जानकारी दिएकी छिन ।