काठमाडौं / नेपाली कांग्रेसको १६ वटा जिल्लामा हुन बाँकी रहेको अधिवेशन फेरि स्थगित भएको छ । कांग्रेसले आज एक सूचना जारी गरी ती जिल्लाको अधिवेशन स्थगित गरेको हो ।

अब ती अधिवेशन फागुन २० गते हुने कांग्रेसले जनाएको छ । मुलुकमा विकसित राजनीतिक घटनाक्रम, संसदमा निर्णयार्थ प्रस्तुत र विचाराधीन राष्ट्रिय महत्वको विषय भएकाले अधिवेशन स्थगित गर्नुपरेको कांग्रेसले जनाएको छ ।

OM Sai Pathibhara Hospital

फागुन १५ गते ती जिल्लामा अधिवेशन गर्ने कांग्रेसको कार्यतालिका थियो ।