राजनीति

    Showing 8,381-8,390 of 10,378 items.
  • आपसी सहमती गरेर अगाडी बढ्नुपर्छ : देव गुरुङ

    काठमाडौं / प्रतिनिधि सभा बैठकमा एमसीसी सम्झौतामाथिको छलफल नेकपा(माओवादी केन्द्र)का प्रमुख सचेतक देवप्रसाद गुरुङले एमसीसी सम्झौतालाई नेपालको सार्वभौम अधिकार खण्डित नहुनेगरी तथा नेपालको संविधान, कानून र कुनैपनि निकाय खण्डित नहुने गरी विशुद्ध आर्थिक परियोजनाको रुपमा मात्रै अगाडी बढाउनुपर्ने बताएका छन् । उनले यो विषय राष्ट्रिय स्वाधिनतासँग जोडिएको विषय भएकाले सदनमा आपसी सहमती गरेर अगाडी बढ्नुपर्ने बताएका हुन् ।छलफलमा भाग लिन चाहाने सांसदहरुको लागि ५ मिनेटको समय छुट्याइएको छ । सांसदहरुले आफ्नो धारणा राख्ने क्रम जारी रहेको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 98 पटक पढिएको
  • एमसीसी सकारात्मक : अध्यक्ष ठाकुर

    काठमाडौं / लोकतान्त्रिक समाजवादी पार्टीका अध्यक्ष महन्थ ठाकुरले नेपालमा अमेरिकाले दिएको एमसीसी अनुदान सकारात्मक भएको बताएका छन् ।आइतबार प्रतिनिधि सभा बैठकमा बोल्दै उनले नेपाली नागरिकको जीवनस्तर उकास्ने लक्ष्य लिएर आएको सहयोग अनुदानको स्वागत गुर्नपर्ने बताएका हुन् । । उनले एमसीसी संसदबाट पास हुनुपर्ने समेत बताएका छन् । 

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 106 पटक पढिएको
  • एमसीसी समर्थन गर्ने जो कोही राष्ट्रिय गद्दार : भीम रावल

    काठमाडौ / नेकपा एमालेका नेता भीम रावलले एमसीसीलाई समर्थन गर्ने जो कोही पनि राष्ट्रिय गद्दार भएको बताएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा सैद्धान्तिक छलफलमा भाग लिँदै व्याख्यात्मक टिप्पणीबाट संशोधन हुन्छ भन्नु जनतलाई ठग्ने कुरा मात्रै भएको उनको भनाइ छ । जनताको अपमान गरेको र सम्झौता पारित गर्ने ‘गद्धार’ भएको उनले टिप्पणी गरेका हुन् ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 96 पटक पढिएको
  • नयाँ बानेश्वरमा आज पनि प्रर्दशन जारी

    काठमाडौं / संसदमा आज अमेरिकी विकास सहयोग मिलेनियम च्यालेन्ज कम्प्याक्ट (एमसीसी) पारित गर्ने तयारी भएसँगै अहिले नयाँ बानेश्वर क्षेत्रमा प्रर्दशन भईरहेको छ ।सत्ता गठबन्धनले एमसीसीलाई व्याख्यात्मक घोषणासहित प्रतिनिधिसभाबाट आजै अनुमोदन गर्ने निर्णय गरेका छन् । यता बानेश्वरमा भने विभिन्न राजनीतिक दलका कार्यकर्ताहरुले आज पनि प्रर्दशन जारी राखेका छन् ।प्रदर्शनकारीहरुले ‘एमसीसी खारेज गर’ लगायतका नारा लगाइरहेका छन् । यसैगरी, एमसीसी विरुद्ध प्रदर्शन गर्ने भएपछि सरकारले काठमाडौंको माइतीघरदेखि नयाँ बानेश्वरसम्मको सडकमा ठूलो संख्यामा प्रहरी तैनाथ गरेको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 97 पटक पढिएको
  • एमसीसी पारित गर्ने निर्णयमा माओवादीका पाँच नेता असहमत

    काठमाडौँ / एमसीसी अनुमोदन गर्ने निर्णयप्रति माओवादी केन्द्र सहमत बनेपनि पार्टीकै ५ नेताले असहमति जनाएका छन् । अध्यक्ष प्रचण्डले गठबन्धन र संविधान जोगाउन एमसीसी पारित गर्ने प्रस्ताव राख्दा नारायणकाजी श्रेष्ठ, लीलामणी पोखरेल, देव गुरुङ, गिरिराजमणी पोखरेल र कृष्णबहादुर महराले असहमति जनाएका हुन् ।व्याख्यात्मक टिप्पणी आत्मरतिबाहेक केही नभएको र त्यो सम्झौताको अंग बन्न नसक्ने भन्दै पाँच नेताले आपत्ति जनाएका हुन् । यद्यपि उनीहरूले निर्णयमा लिखित असहमति भने जनाइसकेका छैनन् ।निर्णय गर्ने फोरम नै वैधानिक नभएका कारण माइन्यूट नै नभएकाले लिखित असहमति दर्ज नभए पनि आफूहरूको असहमति रहेको लीलामणी पोखरेलले बताए

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 107 पटक पढिएको
  • एमसीसीमा गरिने ‘व्याख्यात्मक टिप्पणी’ के हो ?

    काठमाडौं / लामो समयको विरोधपछि नेकपा माओवादी केन्द्र एमसीसी अनुमोदानका लागि तयार भएको छ । तर, माओवादी निशर्त तयार भएको भने होइन ।माओवादीले ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित गर्ने निर्णय गरेको हो । माओवादीको निर्णयसँगै सत्तारुढ गठबन्धनले पनि व्याख्यात्मक निर्णयसहित एमसीसी पारित गर्ने निर्णय गरेको छ । गठबन्धनका शीर्ष नेता अहिले ‘व्याख्यात्मक टिप्पणी’ तयार पार्न जुटेका छन् ।के हो व्याख्यात्मक टिप्पणी ?व्याख्यात्मक टिप्पणीमा ‘एमसीसी विशुद्ध आर्थिक सहयोग रहेको र यो अमेरिकी सैन्य रणनीतिसँग सम्बन्धित छैन’ भनेर स्पष्ट उल्लेख गरिनेछ । त्यतिमात्र होइन, उक्त टिप्पणीमा ‘यो परियोजना नेपालको संविधानभन

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 159 पटक पढिएको
  • ‘व्याख्यात्मक टिप्पणी’ पास गर्न मन्त्रिपरिषद बस्दै

    काठमाडौं / ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित गर्ने सन्दर्भमा सत्तारुढ दलबीच सहमति जुटेपछि उक्त टिप्पणी पास गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । नेपालको संसदीय इतिहासमै पहिलोपटक यस्तो अभ्यास हुन लागेको हो । मन्त्रिपरिषदले ‘व्याख्यात्मक टिप्पणी’ पास गरेर पठाएपछि उक्त टिप्पणीलाई एमसीसीकै पूरक प्रस्तावको रुपमा सरकारले संसदमा प्रस्तुत गर्नुपर्ने हुन्छ । एमसीसी सम्झौता यसअघि नै पारित गर्नका लागि संसदमा पठाइसकिएकाले आज बन्ने व्याख्यात्मक टिप्पणी पूरक प्रस्तावको रुपमा संसदमा दर्ता हुनेछ । त्यसपछि एमसीसी र पूरक प्रस्ताव दुवैमा छलफल हुनेछ ।केही बेरमा बस्ने मन्त्रिपरिषदले सरकारले तयार पारेको एमसी

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 124 पटक पढिएको
  • प्रदेश सभाको बैठक आज बस्दै

    बिर्तामोड  /  प्रदेश एक प्रदेशसभाको बैठक आज आइतबार बस्ने तय भएको छ । साढे तीन महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकको कार्यसूचीसमेत तय भइसकेको तर प्रदेश नामारणको विषयले प्रवेश नपाउने भएको संसद् सचिवालयले जनाएको हो ।सचिवालयले जारी गरेको सूचना अनुसार आज बस्ने प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुने कार्यसुचि तय गरिएको छ ।यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको भएपनि सहमति हुन नसक्दा निकर्षविनै बैठक सकिएको थियो । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मङ्सिर १ गते स्थगित

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 106 पटक पढिएको
  • बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित

    काठमाडौं / फागुन १६ गतेका लागि बोलाईएको बागमती प्रदेश सभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । बागमती प्रदेशका सभामुखले विशेष कारण देखाउँदै बैठक स्थगित गरेको प्रदेश सभा सचिवालयका सूचना अधिकारीले जानकारी दिएका छन् ।आजै दिउँसो १ बजेका लागि तय भएको कार्यव्यवस्था परामर्श समितिको बैठक पनि स्थगित भएको छ ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 92 पटक पढिएको
  • एमसीसी संसदबाट अनुमोदन गर्ने माओवादीको निर्णय

    काठमाडौं / माओवादी केन्द्रले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ ।आइतबार विहान प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको बैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको माओवादीका नेता हरिबोल गजुरेलले बताएका छन् । एमसीसी सम्झौता देशहीत विपरित नरहेको ब्याख्यात्मक टिप्पणी पनि संगसंगै पारित गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ ।विवादि भनिएका विषयमा ११ बुँदे ब्याख्यात्मक टिप्पणी तयार पारिएको बुझिएको छ । तर निर्णयप्रति चार जना नेताले भने असहमति जनाएका छन् ।नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ र गिरिराजमणि पोखरेलले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पास

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 93 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.