काठमाडौं / माओवादी केन्द्रले एमसीसी सम्झौता पारित गर्ने निर्णय गरेको छ ।

आइतबार विहान प्रचण्ड निवास बालुवाटारमा बसेको माओवादी केन्द्रको बैठकले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी संसदबाट पारित गर्ने निर्णय गरेको माओवादीका नेता हरिबोल गजुरेलले बताएका छन् । एमसीसी सम्झौता देशहीत विपरित नरहेको ब्याख्यात्मक टिप्पणी पनि संगसंगै पारित गर्नुपर्ने निर्णय पनि माओवादीले गरेको छ ।

OM Sai Pathibhara Hospital

विवादि भनिएका विषयमा ११ बुँदे ब्याख्यात्मक टिप्पणी तयार पारिएको बुझिएको छ । तर निर्णयप्रति चार जना नेताले भने असहमति जनाएका छन् ।

नारायणकाजी श्रेष्ठ, लीलामणि पोखरेल, देव गुरुङ र गिरिराजमणि पोखरेलले ब्याख्यात्मक टिप्पणीसहित एमसीसी पास गर्ने निर्णयमा असहमति जनाएका हुन् । नेकपा एकीकृत समाजवादीले पनि एमसीसी पारित गर्ने निर्णय गर्न बैठक डाकेको छ । 

माओवादीका नेताहरुले दिएका सुझावहरुलाई अध्यक्ष दाहालले प्रधानमनत्री देउवा लगायत गठबनधनका नेताहरुसँग छलफ गर्नेछन्।