बिर्तामोड  /  प्रदेश एक प्रदेशसभाको बैठक आज आइतबार बस्ने तय भएको छ । साढे तीन महिनापछि बस्न लागेको प्रदेशसभाको बैठकको कार्यसूचीसमेत तय भइसकेको तर प्रदेश नामारणको विषयले प्रवेश नपाउने भएको संसद् सचिवालयले जनाएको हो ।

सचिवालयले जारी गरेको सूचना अनुसार आज बस्ने प्रदेशसभा बैठकका लागि ‘प्रदेश अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान सम्बन्धमा व्यवस्था गर्न विधेयक, २०७८’ माथि सैद्धान्तिक छलफल हुने कार्यसुचि तय गरिएको छ ।

OM Sai Pathibhara Hospital

यसअघि प्रदेश सरकारले नामकरणको विषयमा सर्वदलीय छलफल गरेको भएपनि सहमति हुन नसक्दा निकर्षविनै बैठक सकिएको थियो । मुख्यमन्त्री राजेन्द्र राईले विश्वासको मत लिएपछि मङ्सिर १ गते स्थगित भएको प्रदेशसभा बैठक बस्न पाएको छैन ।