काठमाडौं / ‘व्याख्यात्मक टिप्पणी’सहित एमसीसी पारित गर्ने सन्दर्भमा सत्तारुढ दलबीच सहमति जुटेपछि उक्त टिप्पणी पास गर्न मन्त्रिपरिषदको बैठक बस्दैछ । नेपालको संसदीय इतिहासमै पहिलोपटक यस्तो अभ्यास हुन लागेको हो । 

मन्त्रिपरिषदले ‘व्याख्यात्मक टिप्पणी’ पास गरेर पठाएपछि उक्त टिप्पणीलाई एमसीसीकै पूरक प्रस्तावको रुपमा सरकारले संसदमा प्रस्तुत गर्नुपर्ने हुन्छ । एमसीसी सम्झौता यसअघि नै पारित गर्नका लागि संसदमा पठाइसकिएकाले आज बन्ने व्याख्यात्मक टिप्पणी पूरक प्रस्तावको रुपमा संसदमा दर्ता हुनेछ । त्यसपछि एमसीसी र पूरक प्रस्ताव दुवैमा छलफल हुनेछ ।

OM Sai Pathibhara Hospital

केही बेरमा बस्ने मन्त्रिपरिषदले सरकारले तयार पारेको एमसीसीको व्याख्यात्मक टिप्पणी पास गर्नेछ ।