राजनीति

    Showing 8,371-8,380 of 10,378 items.
  • पत्रकार सम्मेलन गर्दै कांग्रेस

    काठमाडौं / सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार संसदबाट अमेरिकी आर्थिक सहयोग एमसिसी पास भए पछि कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक विषयसँगै एमसिसी पास भएपछि अवस्थाबारे जानकारी गराउने केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो । पत्रकार सम्मेलन आज दिउसो तीन बजे हुन लागेको हो ।प्रवक्ता महतले यस अघिदेखि निरन्तर एमसिसी नेपालको हितमा रहेको भन्दै सत्तारुढ दलबीच सहमति जुटाएर एमसिसी पास गर्ने बताउँदै आएका थिए ।

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 102 पटक पढिएको
  • ३ बजे खुमलटारमा पत्रकार सम्मेलन गर्दै प्रचण्ड

    काठमाडौँ / नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले पत्रकार सम्मेलन गर्ने भएका छन् ।उनले सोमबार दिउँसो ३ बजे खुमलटारमा पत्रकार सम्मेलन गरेर पछिल्लो राजनीतिक घटनाक्रमका बारेमा विशेष सम्बोधन गर्ने भएका हुन् ।अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी ) बारेको व्याख्यात्मक घोषणा स्वीकार गर्ने निर्णयपछि पार्टीभित्रै समीकरण मिलाउन प्रचण्डलाई सकस परेको छ ।आइतबार बसेको पार्टीको केन्द्रीय कार्यालयको विस्तारित बैठकले एमसीसी स्वीकार गर्ने निर्णय गर्दा पार्टीका नेता नारायणकाजी श्रेष्ठसहितका आधा दर्जन नेताहरूले चर्को असन्तुष्टि जनाएका थिए ।साथै माओवादीको सहयोगमा

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 101 पटक पढिएको
  • स्थानीय तह निर्वाचनमा भाग लिन ८० वटा दलले दिए आयोगमा निवेदन

    काठमाडौं / ८० वटा राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।निर्वाचन आयोगका अनुसार आयोगबाट ११० दलले मान्यता पाएकोमा तीमध्ये ८० दलले मात्रै दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगले यही फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन दलहरुलाई समय दिएको थियो । सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ ।संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ । आयोगमा दल दर्ता गराउनेमा नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजव

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 127 पटक पढिएको
  • नेपाललाई निरन्तर सहयोग गर्ने अमेरिकाको प्रतिबद्धता

    काठमाडौँ / संसदबाट अमेरिकी सहयोग परियोजना एमसीसी पारित भएपछि अमेरिकाले दीर्घकालीन आर्थिक समृद्धिमा नेपाललाई सहयोग गरिरहने प्रतिबद्धता व्यक्त गरेको छ ।काठमाडौँस्थित अमेरिकी दूतावासले आज बिहान एक विज्ञप्ति जारी गरेर नेपालसँगको अमेरिकाको सम्बन्ध एउटा सम्झौताभन्दा फराकिलो रहेको स्पष्ट पार्दै लोकतान्त्रिक मूल्यमान्यतामा रहेर दीर्घकालीन समृद्धिका लागि सहयोग गरिरहने प्रतिबद्धता जनाएको हो । उसले ५० करोड डलर अनुदानको एमसीसी कार्यान्वयनको दिशामा नेपाल सरकार अघि बढ्नसक्नेस्थिति सिर्जना भएकोसमेत बताएको छ ।संसदबाट एमसीसी पारित भएपछि नेपाली जनताका लागि थप रोजगारी, विद्युतको भरपर्दो आपूर्ति र सुलभ यातायात हु

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 90 पटक पढिएको
  • एमसीसी पारित भएकोप्रति माओवादी नेता श्रेष्ठको असन्तुष्टि

    काठमाडौँ / आइतबार बेलुका प्रतिनिधिसभाबाट ‘व्याख्यात्मक घोषणा’ सहित एमसीसी पारित भए पश्चात नेकपा माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले आम देशभक्त नेपाली जनताले आजको दिनलाई ‘कालो दिन’को रुपमा लिन्छन् भन्दै असन्तुष्टि जनाएका छन् ।उनले आइतबार राति सामाजिक सञ्जाल फेसबुक मार्फत यस्तो भनेका हुन् ।

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 102 पटक पढिएको
  • एमसीसीबारे प्रचण्डले सम्बोधन गर्ने

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन् ।माओवादी केन्द्रको सचिवालयले अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायत बिकसित राजनितिक घटनाक्रमका बारेमा अध्यक्ष प्रचण्डले बिशेष सम्बोधन गर्ने जानकारी दिएको हो । यस्तै संसदबाट एमसीसी अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको पनि प्रचण्डको सचिवालयले जनाएको छ ।प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको बताएकी छन् । पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै उनले एमसीस

    • प्रकाशित मितिः फागुन १६, २०७८
    • 95 पटक पढिएको
  • संसदबाट अनुमोदन भयो एमसीसी

    काठमाडौं / संसदबाट अमेरिकी सहयोग परियोजना मिलेनियन च्यालेन्ज कम्प्याक्ट (एमसीसी) अनुमोदन भएको छ ।आइतबार बसेको प्रतिनिधिसभाको दोस्रो बैठकमा अर्थमन्त्री जनार्दन शर्माले एमसीसी सम्झौताबारे उठेका प्रश्नहरुलाई समेटेर १२ बुँदे व्याख्यात्मक घोषणा प्रस्ताव गरेका थिए, जसलाई संसदले एमसीसीसँगै अनुमोदन गरेको हो ।सभामुख अग्निप्रसाद सापकोटाले समर्थन जनाउने सांसदको बहुमत रहेकोले एमसीसी सम्झौता बहुमतले पारित भएको घोषणा गरे । एमालेले प्रतिनिधि सभा विरोधै क्रममा अनुमोदन गरेको हो ।व्याख्यात्मक घोषणामा एमसीसी इन्डो प्यासिफिक रणनीतिको अंग नभएको, त्यसलाई विशुद्ध आर्थिक तथा विकास परियोजनाको रुपमा मात्रै लिने, नेपालक

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 98 पटक पढिएको
  • यस्ता छन् एमसीसीबारे १२ वटा बुँदामा समेटिएको व्याख्यात्मक प्रस्ताव

    काठमाडौं / सरकारले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषयमा १२ बुँदे व्याख्यात्मक घोषणा संसदमा पेश गर्ने तयारी गरेको छ ।आइतबार साँझ संघीय संसद भवन नयाँ बानेश्वरमा बसेको मन्त्रिपरिषद बैठकले एमसीसीका बारे उठेका विबादित विषयलाई १२ वटा बुँदामा थप व्याख्या गर्ने गरी प्रस्ताव पारित गरेको थियो ।एमसीसीलाई आजै संसदबाट पारित गर्ने सरकारी तयारी छ । यस्ता छन् १२ बुँदे प्रस्तावहरु :

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 107 पटक पढिएको
  • अमेरिकाका लागि राजदूतमा प्राध्यापक खत्री नियुक्त

    काठमाडौं / संयुक्त राज्य अमेरिकाका लागि नेपालको आवासीय राजदूतमा प्राध्यापक श्रीधर खत्री नियुक्त भएका छन् ।नेपालको संविधानको धारा २८२ अनुसार मन्त्रिपरिषद्को सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले प्राध्यापक खत्रीलाई राजदूत पदमा आज नियुक्त गरेकी हुन् ।मन्त्रिपरिषद्को गत कात्तिक ११ गतेको बैठकले प्राध्यापक खत्रीलाई अमेरिकाका लागि राजदूतमा नियुक्त गर्न सिफारिस गरेको थियो । नव नियुक्त राजदूत खत्री परराष्ट्र मामिला अध्ययन प्रतिष्ठानका पूर्वकार्यकारी निर्देशक हुन् ।

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 87 पटक पढिएको
  • एमसीसी संविधानभन्दा माथि भनेर हावा कुरा गरियो : गगन थापा

    काठमाडौ / नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको संविधानभन्दा माथि नभएको दाबी गरेका छन् । आइतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसद थापाले एमसीसी नेपालको संविधान भन्दा माथि छ भनेर हावा कुरा नगर्न पनि राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन्  । उनले एमसीसी पनि विगतमा नेपालले अरु संझौता गरेजस्तै संझौता रहेको भन्दै नेपालको कानुनसंग संझौतामा भएको कुरा बाझिएमा त्यो लागू हुन नसक्ने उल्लेख गरेका हुन् ।एमसीसी नेपालको संविधान भन्दा माथि रहेको भनेर अन्य राजनीतिक दलका नेताहरुले झुट बोलेको थापाको भनाई रहृ

    • प्रकाशित मितिः फागुन १५, २०७८
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.