काठमाडौं / सत्ताको नेतृत्वकर्ता दल नेपाली कांग्रेसले आज पत्रकार सम्मेलन गर्ने भएको छ । आइतबार संसदबाट अमेरिकी आर्थिक सहयोग एमसिसी पास भए पछि कांग्रेसले पत्रकार सम्मेलन गर्न लागेको हो ।

कांग्रेस प्रवक्ता डा. प्रकाशशरण महतले समसामयिक राजनीतिक विषयसँगै एमसिसी पास भएपछि अवस्थाबारे जानकारी गराउने केन्द्रीय कार्यालय स्रोतले जानकारी दियो । पत्रकार सम्मेलन आज दिउसो तीन बजे हुन लागेको हो ।

OM Sai Pathibhara Hospital

प्रवक्ता महतले यस अघिदेखि निरन्तर एमसिसी नेपालको हितमा रहेको भन्दै सत्तारुढ दलबीच सहमति जुटाएर एमसिसी पास गर्ने बताउँदै आएका थिए ।