काठमाडौं / ८० वटा राजनीतिक दलहरुले स्थानीय तह निर्वाचनमा भाग लिने प्रयोजनका निर्वाचन आयोगमा दल दर्ताका लागि निवेदन दिएका छन् ।

निर्वाचन आयोगका अनुसार आयोगबाट ११० दलले मान्यता पाएकोमा तीमध्ये ८० दलले मात्रै दल दर्ताका लागि निवेदन दिएका हुन् । आयोगले यही फागुन ५ देखि १५ गतेसम्म दल दर्ताका लागि निवेदन दिन दलहरुलाई समय दिएको थियो । सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा गर्ने गरी स्थानीय तहको निर्वाचन घोषणा गरिसकेको छ ।

OM Sai Pathibhara Hospital

संविधान र राजनीतिक दलसम्बन्धी ऐनमा निर्वाचन प्रयोजनका लागि दल दर्ता गर्नुपर्ने व्यवस्था छ । आयोगमा दल दर्ता गराउनेमा नेपाली कांग्रेस,नेकपा एमाले,नेकपा माओवादी केन्द्र,नेकपा एकीकृत समाजवादी पार्टी,जनता समाजवादी पार्टी,लोकतान्त्रिक समाजवादी पार्टी लगायत रहेका छन् । स्थानीय तहको निर्वाचनका लागि आयोगले तीब्रताका साथ तयारीको काम अघि बढाएको छ ।