काठमाडौ / नेपाली कांग्रेसका सांसद गगन थापाले अमेरिकी सहयोग संझौता,मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) नेपालको संविधानभन्दा माथि नभएको दाबी गरेका छन् । 

आइतबार प्रतिनिधि सभामा एमसीसीमाथिको सैद्धान्तिक छलफलमा भाग लिदैं सांसद थापाले एमसीसी नेपालको संविधान भन्दा माथि छ भनेर हावा कुरा नगर्न पनि राजनीतिक दलका नेताहरुलाई आग्रह गरेका छन्  । उनले एमसीसी पनि विगतमा नेपालले अरु संझौता गरेजस्तै संझौता रहेको भन्दै नेपालको कानुनसंग संझौतामा भएको कुरा बाझिएमा त्यो लागू हुन नसक्ने उल्लेख गरेका हुन् ।

OM Sai Pathibhara Hospital

एमसीसी नेपालको संविधान भन्दा माथि रहेको भनेर अन्य राजनीतिक दलका नेताहरुले झुट बोलेको थापाको भनाई रहृको छ ।