काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पछिल्लो राजनीतिक घट्नाक्रमबारे विशेष सम्बोधन गर्ने भएका छन् ।

माओवादी केन्द्रको सचिवालयले अमेरिकी सहयोग परियोजना (एमसीसी) लगायत बिकसित राजनितिक घटनाक्रमका बारेमा अध्यक्ष प्रचण्डले बिशेष सम्बोधन गर्ने जानकारी दिएको हो । यस्तै संसदबाट एमसीसी अनुमोदन गराएर गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको पनि प्रचण्डको सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

प्रचण्डका स्वकीय सचिव गंगा दाहालले सतहका घटनालाई हेरेर गहिराइमा पुग्न नसकिने भन्दै एमसीसी पास गरेर राजनीतिक दुर्घटनाबाट बँचिएको बताएकी छन् । पार्टी नेतृत्वलाई विश्वास गरौं भन्दै उनले एमसीसीको सवालमा घटनाक्रमलाई मात्रै नियालेर गहिराइसम्म पुग्न नसिकने बताएकी हुन् । ‘एकपटक सोचौं हाम्रो देशसंगै पार्टी गम्भीर राजनीतिक दुर्घटनाबाट बँचेको छ। पार्टी नेतृत्वलाई विश्वास गरौं ।’, उनले भनेकी छन् ।

धेरै विचार र विवेक पुर्याएर एमसीसी अनुमोदान गरिएको उनको भनाई छ । ‘धेरै विचार र विवेक पुर्याएर यो निर्णयमा पुगिएको हो। संयमित भएर परिस्थितिको गाम्भीर्यतालाई बुझौं’ उनले भनेकी छन्, ‘नेता कार्यकर्ता तहमा नेतृत्वको विरुद्ध केही भ्रम पैदा गराउन खोजिएको छ सचेत होऔं ।’