राजनीति

    Showing 8,291-8,300 of 10,378 items.
  • महँगी हाम्रो नियन्त्रणमा छैन : मन्त्री झाँक्री

    काठमाडौँ / सहरी विकासमन्त्री रामकुमार झाँक्रीले अहिले महँगी आफूहरुको नियन्त्रण बाहिर रहेको बताएकी छन् । नेपाल निर्माण व्यवसायी महासंघको २३औं साधारणसभालाई सम्बोधन गर्दै उनले विश्व बजारमा आएको अर्थतन्त्र महँगी नियन्त्रण नेपालको हातमा नरहेको बताएकी हुन् । निर्माण व्यवसायीको माग सम्बोधन गर्दै ऐन संशोधन नगरिएको जानकारी दिएकी उनले बेलैमा आयोजना निर्माण सम्पन्न होस् भन्नका लागि अब एक निर्माण व्यवसायीलाई एकपटकमा पाँचवटा आयोजनामात्र दिने गरी कानुन संशोधन गरिएको बताइन् ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 108 पटक पढिएको
  • स्थानीय तहको चुनावमा भाग लिने ७९ वटा राजनीतिक दल

    काठमाडौं / वैशाख ३० गते हुन लागेको  स्थानीय तहको चुनावको लागि निर्वाचन आयोगबाट ७९ वटा दलले मान्यता पाएका छन् ।आयोगले बिहीवार गरेको निर्णय अनुसार ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी बाहेक दल दर्ताको लागि निवेदन दिएका सबै ७९ दलले मान्यता पाएका छन् । आयोगले स्थानीय तह चुनाव प्रयोजनको लागि फागुन ५ देखि १५ गतेसम्म दल दर्ताको आह्वान गरेकोमा ८० दलले निवेदन दिएका थिए । विभिन्न ठाउँमा विवाद र मुद्दाका कारण नेकपाले भने मान्यता पाउन सकेको छैन ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 103 पटक पढिएको
  • नेपाल एक चीन नीतिप्रति प्रतिवद्ध रहेको राष्ट्रपतिको भनाइ

    काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले एक चीन नीतिप्रति नेपाल सदैव प्रतिवद्ध रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखिको रहेको र सांस्कृतिक सम्बन्ध गहिरो रुपमा गाँसिएको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा उल्लेख गरेकी छिन् ।अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसङ्घमा चीनको अधिकार योग्य स्थानका लागि नेपालले आफ्नो आवाज उठाएको इतिहास समेत सम्झाएकी छिन् । त्यस्तै नेपाल र चीनबीचको सम्बन्ध समस्या रहित रहेको कारण पनि दुई देशबीचको सहकार्य रहेको बताएकी छिन् ।राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालक

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 97 पटक पढिएको
  • पोखरामा आजबाट प्रेस चौतारीको महाधिवेशन सुरु

    झापा / नेकपा (एमाले) निकट पत्रकारको संस्था प्रेस चौतारी नेपालको नबौं महाधिवेशन आजदेखि पोखरामा सुरु हुँदैछ । एमाले अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले पोखरा सभागृहमा  उद्घाटन गर्ने कार्यक्रम छ । महाधिवेसनमा भाग लिन देशभरका प्रतिनिधि पोखरा आइसकेका छन् भने केही आउने क्रम जारी रहेको चौतारी कास्कीका अध्यक्ष अर्जुन गिरीले बताए ।महाधिवेशनको सबै तयारी पूरा भैसकेको उनले बताए । प्रेस चौतारी नेपालको आयोजना र कास्की जिल्लाको आतिथ्यमामा महाधिवेसन पोखरामा हुन लागेको हो । महाधिवेशनमा १ हजार ५० जना प्रतिनिधि, सल्लाहकार पोखरा आउने आवास व्यवस्थापन समितिका संयोजक दीपेन्द्र श्रेष्ठले बताए ।‘होटल

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 88 पटक पढिएको
  • निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने एकिकृत समाजवादीको निर्णय

    काठमाडौं / नेकपा (एकीकृत समाजवादी) ले आसन्न स्थानीय निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले गठबन्धनका दलबीच सहकार्य गर्दै निर्वाचनमा जाने निर्णय गरेको हो ।बैठकले पार्टीको सम्पूर्ण शक्ति बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा लगाउने निर्णय समेत गरेको छ । स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त र जनमुखी ढंगले परिचालन गर्न पनि समाजवादीले प्रतिवद्धता जनाएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालले राखेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।यस्तै, बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी) को व्याख्यात्मक घोषणालाई सम्झौताको अर्को पक्

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 90 पटक पढिएको
  • आयोगले स्थानीय निर्वाचनको तयारीबारे आज दलहरुसँग छलफल गर्दै

    काठमाडौं / निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज राजनीतिक दलहरुसँग छलफल गर्दैछ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको हो ।आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन भनेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि राजनीतिक दललाई बोलाइएको हो । आयोगले छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी गराउने छ भने आवश्यक रायसुझाव पनि लिनेछ ।आयोगमा स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 88 पटक पढिएको
  • कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह ११६ मतान्तरले विजयी

    झापा / नेपाली कांग्रेस सप्तरीको सभापतिमा रामदेव साह निर्वाचित भएका छन् । सप्तरीको राजविराजमा बिहीबार सम्पन्न मतगणनाअनुसार साह ११६ मतान्तरले सभापतिमा निर्वाचित भएका भएका हुन् ।साहले एक हजार १८६ मत प्राप्त गरी विजयी हुँदा उनका निकटतम् प्रतिद्वन्द्वी शत्रुद्यन यादवले एक हजार ७७ मत प्राप्त गरे । 

    • प्रकाशित मितिः फागुन २७, २०७८
    • 89 पटक पढिएको
  • पर्सामा प्रधानमन्त्री देउवा

    पर्सा / नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहका लागि पर्सा गएका हुन् ।फागुन २० गते भएको जिल्ला अधिवेशनबाट सभापतिमा जनार्दनसिंह क्षेत्री , उपसभापतिमा राम नारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका थिए भने सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका थिए ।सहसचिवमा नवीन सिंह र मदन राउत अहिर निर्वाचित भएका थिए । देउवाले आज एक कार्यक्रमका बीच पर्सा नै पुगेर उनीहरूलाई प्रमाणपत्र प्रदान गरेका छन् ।

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 97 पटक पढिएको
  • नागरिकता विद्येयक सुल्झन नसक्दा लाखौं मताधिकारबाट वञ्चित

    काठमाडौँ / नागरिकता सम्बन्धी विद्येयक देशको संसद्बाट सुल्झन नसकेकाले नागरिक निकै ग्रसित बनेका छन् । नागरिकतासम्बन्धी समस्या संसद्मा पेस भएको तीन वर्ष बितिसके पनि नागरिकता विधेयकको टुंगो नलागेकाले नागरिकले समस्या खेप्नु परेको हो ।  नागरिकता विद्येयक अघि नबढ्दा लाखौं नागरिक अनागरिक बन्नुपरेको छ । महिला कानुन विकास मञ्चको अध्ययन अनुसार नेपालमा नागरिकता लिन योग्य भएका तर नागरिकता नपाएकाको संख्या ७ लाख ८० हजार बढी रहेको छ । नागरिकता विहीनताको अवस्था हुँदा आउँदो वैशाख ३० को स्थानीय निर्वाचनमा मताधिकारबाट समेत वञ्चित हुनेछन् ।संसद्बाट विधेयक पारित नहुँदा संविधानमा राखिएका नागरिकतासम्बन्धी क

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 98 पटक पढिएको
  • नेकपा क्रान्तिकारीद्वारा लोहनीको जग्गा कब्जा

    काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको जनाएको छ । उक्त पार्टीले जग्गा कब्जा गरेको र उक्त जग्गामा पार्टीको अनुमतिबिना कुनै कार्य नगर्न निर्देशन दिएको छ ।नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको निर्णय उल्लंघन गरी सरकारी जग्गा दहन गरेको भन्दै विज्ञप्ति जारी गरेर जग्गा कब्जा गरेको बताएका छन् ।‘गुण्डागर्दी शैलीमा गोरेटो बाटोलाई आफ्नो जग्गा बिक्रीवितरणका लागि सरकारी जग्गा दहन गरी व्यक्तिको सम्पत्तिमाथि हस्तक्षेप गरी बाटो विस्तार गरिएको छ । भ्रष्ट दलाल, तस्क

    • प्रकाशित मितिः फागुन २६, २०७८
    • 136 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.