काठमाडौं / राष्ट्रपति विद्यादेवी भण्डारीले एक चीन नीतिप्रति नेपाल सदैव प्रतिवद्ध रहेको बताएकी छिन् । राष्ट्रपति भण्डारीले नेपाल–चीन सम्बन्ध प्राचीनकालदेखिको रहेको र सांस्कृतिक सम्बन्ध गहिरो रुपमा गाँसिएको चिनियाँ सरकारी सञ्चारमाध्यम ग्लोबल टाइम्सलाई दिएको अन्तर्वार्तामा उल्लेख गरेकी छिन् ।

अन्तर्वार्तामा राष्ट्रपति भण्डारीले संयुक्त राष्ट्रसङ्घमा चीनको अधिकार योग्य स्थानका लागि नेपालले आफ्नो आवाज उठाएको इतिहास समेत सम्झाएकी छिन् । त्यस्तै नेपाल र चीनबीचको सम्बन्ध समस्या रहित रहेको कारण पनि दुई देशबीचको सहकार्य रहेको बताएकी छिन् ।

OM Sai Pathibhara Hospital

राष्ट्रपति भण्डारीले बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालका लागि उपयुक्त रहेपनि यसको कार्यान्वयनमा ढिलाई भइरहेको टिप्पणी गरेकी छिन् ।