काठमाडौं / निर्वाचन आयोगले स्थानीय निर्वाचनको तयारी र प्रगतिबारे आज राजनीतिक दलहरुसँग छलफल गर्दैछ । आयोगले संघ, प्रदेश र स्थानीय तहमा प्रतिनिधित्व गर्ने १७ राजनीतिक दलका प्रतिनिधिलाई शुक्रबार बिहान साढे ११ बजे छलफलका लागि बोलाइएको हो ।

आयोगले प्रत्येक राजनीतिक दललाई नेतासहित दुई जना प्रतिनिधि पठाउन भनेको छ । आगामी वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनका सन्दर्भमा छलफलका लागि राजनीतिक दललाई बोलाइएको हो । आयोगले छलफलका क्रममा हालसम्मको कार्यप्रगति जानकारी गराउने छ भने आवश्यक रायसुझाव पनि लिनेछ ।

OM Sai Pathibhara Hospital

आयोगमा स्थानीय तह निर्वाचनका लागि ८० राजनीतिक दलले दर्ताका लागि निवेदन दिएका छन् ।