काठमाडौं / नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले कीर्तिपुर नगरपालिका–१ स्थित कैलाश लोहनीको जग्गा कब्जा गरेको जनाएको छ । उक्त पार्टीले जग्गा कब्जा गरेको र उक्त जग्गामा पार्टीको अनुमतिबिना कुनै कार्य नगर्न निर्देशन दिएको छ ।

नेपाल कम्युनिष्ट पार्टी (क्रान्तिकारी)ले कीर्तिपुर नगरपालिका–१ का वडाध्यक्ष हर्ष महर्जन र कैलाश लोहनीले अदालतको निर्णय उल्लंघन गरी सरकारी जग्गा दहन गरेको भन्दै विज्ञप्ति जारी गरेर जग्गा कब्जा गरेको बताएका छन् ।

OM Sai Pathibhara Hospital

‘गुण्डागर्दी शैलीमा गोरेटो बाटोलाई आफ्नो जग्गा बिक्रीवितरणका लागि सरकारी जग्गा दहन गरी व्यक्तिको सम्पत्तिमाथि हस्तक्षेप गरी बाटो विस्तार गरिएको छ । भ्रष्ट दलाल, तस्कर, भूमाफियालाई यस्तो कार्य नगर्न वा नगराउन सूचित गरिएको विज्ञप्तिमा उल्लेखित छ । 

1234556