पर्सा / नेपाली कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवा पर्सा जिल्ला कार्यसमितिको नवनिर्वाचित पदाधिकारीलाई प्रमाणपत्र वितरण समारोहका लागि पर्सा गएका हुन् ।

फागुन २० गते भएको जिल्ला अधिवेशनबाट सभापतिमा जनार्दनसिंह क्षेत्री , उपसभापतिमा राम नारायणप्रसाद कुर्मी र अशोककुमार गुप्ता विजयी भएका थिए भने सचिवमा इम्तियाज आलम र दिनेशकुमार चौधरी विजयी भएका थिए ।

OM Sai Pathibhara Hospital

सहसचिवमा नवीन सिंह र मदन राउत अहिर निर्वाचित भएका थिए । देउवाले आज एक कार्यक्रमका बीच पर्सा नै पुगेर उनीहरूलाई प्रमाणपत्र प्रदान गरेका छन् ।