काठमाडौं / नेकपा (एकीकृत समाजवादी) ले आसन्न स्थानीय निर्वाचनमा अन्य दलहरुसँग तालमेल गर्ने निर्णय गरेको छ । एकीकृत समाजवादीको बिहीबार सकिएको केन्द्रीय कमिटी बैठकले गठबन्धनका दलबीच सहकार्य गर्दै निर्वाचनमा जाने निर्णय गरेको हो ।

बैठकले पार्टीको सम्पूर्ण शक्ति बैशाख ३० गते हुने स्थानीय निर्वाचनमा लगाउने निर्णय समेत गरेको छ । स्थानीय सरकारलाई भ्रष्टाचारमुक्त र जनमुखी ढंगले परिचालन गर्न पनि समाजवादीले प्रतिवद्धता जनाएको छ । बैठकले अध्यक्ष माधवकुमार नेपालले राखेको राजनीतिक प्रतिवेदन परिमार्जनसहित पारित गरेको छ ।

OM Sai Pathibhara Hospital

यस्तै, बैठकले अमेरिकी सहयोग परियोजना (एमसिसी) को व्याख्यात्मक घोषणालाई सम्झौताको अर्को पक्ष एमसीसी समक्ष कूटनीतिक प्रक्रियाअनुरुप दस्तावेज पठाई सहमति प्राप्त गर्न माग समेत गरेको छ ।