राजनीति

    Showing 7,651-7,660 of 10,368 items.
  • ‘देउवा ५ औं पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता खतरामा पर्यो’

    काठमाडौँ / एमालेका नेता तथा सांसद भीम रावलले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता खतरामा परेको बताएका छन् । आज (आइतबार)को प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता नै खतरामा परेको बताएका हुन् ।देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिकलगायतका सम्झौता भइरहेको बताउँदै रावलले भने,  –‘२०५२ सालमा शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा लागेको थियो । सोही समयमा महाकाली सन्धि पनि भयो ।’‘दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आय

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 94 पटक पढिएको
  • ‘गाँजालाई तत्काल बैधानिक गरौँ’

    काठमाडौं / नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका छन् । आईतबार प्रतिनिधिसको बैठकमा उनले गाँजाबाट बन्ने औषधीहरुबाट मानिसको प्राणघातक रोगहरु उपचार गर्न सकिने भन्दै गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका हुन् ।उनले भने, ‘गाँजाबाट बन्ने सिबिडी र सिबिडी औषधिबाट हामिले प्राणघातक रोगहरुको उपचार गर्न सक्छौँ । यो विश्वयले अहिले प्रमाणित गरेर अगाडि आइसकेको छ । यसैले गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौँ, बैधानिकीकरण गरौँ ।’ उनले नेपालमा गाँजा खेती गरेर दुई सय लिटरका चार ड्रम औषधि पाल ह्याच ट्रयाक गरेर निकाल्ने हो भने नेपालको पूर्वाधार यसैब

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 96 पटक पढिएको
  • जिसस खोटाङको प्रमुखमा गठबन्धनबाट राई र एमालेबाट श्रेष्ठको उम्मेद्वारी

    खोटाङ / ३० जेठमा हुने जिल्ला समन्वय समिति खोटाङको निर्वाचनका लागि प्रमुखमा दुई जनाको मनोनयन दर्ता भएको छ । गठबन्धनबाट जसपाका सनबहादुर राई र एमालेबाट किशोरकुमार श्रेष्ठको मनोनयन दर्ता भएको हो । त्यस्तै जिससको उपप्रमुखका लागि गठबन्धनबाट माओवादी केन्द्रका सुरेश तामाङ र एमालेबाट सन्तोष राईको मनोनयन दर्ता भएको छ । खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसकी कला राई, माओवादी केन्द्रकी विष्णु मायाँ राई र नेकपा एकीकृत समाजवादीकी दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्माको उम्मेदवारी दर्ता भ

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 99 पटक पढिएको
  • आज दिउँसो १ बजे एमालेको सचिवस्तरीय बैठक बस्दै

    काठमाडौं / नेकपा एमालेको सचिव स्तरीय बैठक पार्टी कार्यालय च्यासलमा आज दिउँसो १ बजे बस्ने भएको छ । एमालेका प्रचार विभाग उपप्रमुख विष्णु रिजालका अनुसार बैठकले सोमबार दिउँसो बस्ने केन्द्रीय सचिवालय बैठकका कार्यसूची निर्धारण गर्ने छ । महासचिवको अध्यक्षतामा बस्ने बैठकमा उपमहासचिव र सचिवहरूको उपस्थिति रहने रिजालले बताए । एमालेले केन्द्रीय सचिवालयको बैठक सोमबार दिउँसो एक बजे पार्टी केन्द्रीय कार्यालयमा बोलाएको छ ।

    • प्रकाशित मितिः जेठ २९, २०७९
    • 105 पटक पढिएको
  • प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण रोक्न माओवादी नेताको माग

    काठमाडाैँ / नेकपा (माओवादी केन्द्र) का नेता देव गुरुङले प्रधानमन्त्री र प्रधानसेनापतिको आसन्न अमेरिका भ्रमण स्थगित गर्न माग गरेका छन् । प्रतिनिधिसभाको आजको बैठकमा बजेटमाथिको छलफलमा भाग लिँदै नेता गुरुङले नेपालको राष्ट्रिय सुरक्षा संवेदनशीलतालाई ख्याल गर्दै भ्रमण रोक्न सुझाव दिएका हुन् ।पछिल्लो समय अमेरिकी अधिकारीहरू नेपाल आउने क्रम बढेको र उनीहरूका गतिविधिले नेपाललाई अमेरिकी सैन्य गठबन्धनमा सामेल गराउने आशंका बढ्दै गएको उनको भनाइ छ ।मुलुक अमेरिकी सैन्य गठबन्धनमा सामेल भए नेपालले युक्रेनको अवस्था भोग्नुपर्ने बताउँदै उनले भने, ‘प्रधानमन्त्री र प्रधानसेनापतिको अमेरिका भ्रमण स्थगित गर्दा मुलु

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 137 पटक पढिएको
  • मिटरब्याजीलाई कारबाही गर्न प्रधानमन्त्रीको निर्देशन

    काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी सप्तरीका रामदेव तेलीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।तेलीले चर्को ब्याजमा ऋण दिएर सर्वसाधारणलाई दुःख दिने गरेको पाएपछि प्रधानमन्त्री देउवाले उनलाई कारवाही गर्न खाँडलाई निर्देशन दिएका हुन् । तेलीले चर्को ब्याज लिएर सर्वसाधारणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले लगाउने गरेपछि मिडियामा आएको हो । सोही विषयमा संसद्मा समेत सांसदहरुले कारवाही गर्न माग गरेका छन् ।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 103 पटक पढिएको
  • एमालेसँग एक्लै निर्वाचन लड्ने कसैको हिम्मत छैन : ओली

    विराटनगर / नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचनमा एक्लै लड्न कसैले आँट नगरेको बताएका छन् । एमाले मोरङले विराटनगरमा शुक्रबार आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । उनले अरु सबै दल एकातिर भएपनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी एमाले भएको बताए ।‘उनीहरूले प्राप्त गरेको मत एक्लै होइन । सबैका जुठा गाँस हुन्’, उनले भने, ‘सिट सङ्ख्यामा केही थोरै जित्यौँ, तरपनि मतको आधारमा एमाले सबैभन्दा बढी जनमत भएको पार्टी हो ।’ उनले एमालेसँग एक्लै लड्न नसक्ने भएकाले नै पाँच दलीय सत्ता गठबन्धन बनेको आरोप लगाए । सत्ता ग

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 110 पटक पढिएको
  • ‘फेरि मूल्यबृद्धि गरेकामा सरकारलाई बधाई’

    काठमाडौं / नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारलाई बधाई दिएका छन् ।शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गरेर जनतालाई उपहार दिएको भन्दै सरकारलाई व्यंग्यात्मक बधाई दिएका हुन् । ‘सरकारले फेरि पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ’ सांसद बस्नेतले भने,  ‘जनता भोकै मर्नुपर्ने गरि सरकारले चालेको यो कदमका लागि प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हार्दिक बधाई छ ।’अब लामो समय विकास बजेट खर्च नहुने अवस्था देखिएको उनले बताए । निर्माण व्यवसायीले भुक्तानी नै नपाएका कारण अब विकास नै नहुने अवस्था बन्ने उनको भनाइ थियो।

    • प्रकाशित मितिः जेठ २७, २०७९
    • 110 पटक पढिएको
  • प्रधानमन्त्रीका कारण मन्त्री हेरफेर रोकियो : नेपाल

    काठमाडौं  / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाका कारण मन्त्री हेरफेर रोकिएको बताएका छन् ।पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी पुगेका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताएका हुन् ।नेपालले भने, ‘टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनुपर्नेछ त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ, नमान्ने कुरै छैन । मन्त्रीको नाम प्रधानमन्त्री समक्ष गइसकेको छ । छिट्टै हुन्छ भन्ने आशा राखेको छु ।’

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 115 पटक पढिएको
  • एमालेले माग्यो गृहमन्त्री र प्रमुख निर्वाचन आयुक्तको राजीनामा

    काठमाडौँ / नेकपा एमालेले गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको राजीनामा मागेको छ । प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा एमाले सांसद लालबहादुर थापाले बूढीगंगामा कानुनविपरीत निर्वाचन प्रक्रिया प्रभावित पारिएको भन्दै गृहमन्त्री खाँण र प्रमुख आयुक्त थपलियाको राजीनामा माग गरेका हुन् । बाजुराको बूढीगंगा नगरपालिकामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । बूढीगंगाका केही वडाहरूमा कांग्रेस र एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गरेर मतदान गर्दा कतिपय स्थानमा ९९ प्रतिशत बढी मतदान भएको विवरण सार्वजनि

    • प्रकाशित मितिः जेठ २४, २०७९
    • 108 पटक पढिएको

सूचनामा तपाइको अधिकार सम्प्रेषणमा हामी जिम्मेबार छौ। निष्पक्ष, गुणात्मक र विशिष्ट उत्पादन र सेवाहरूमार्फत सबै पाठकहरूलाई सूचना, शिक्षा र मनोरञ्जन प्रदान गरेर सार्वजनिक हितका लागि कार्य गर्नु गुप्तचर खबरको उद्देश्य हो। गुप्तचर खबर तथ्यप्रति प्रतिबद्ध छ। राज्यको मुख्य निकायका राम्रा कामको प्रशंसा र नराम्रा कामको सकारात्मक खबरदारी रहन्छ । स्रोत खुलाइएका बाहेक गुप्तचर खबर डटकममा प्रकाशित समाचार हाम्रा सम्पत्ति हुन् ।

तपाईंसँग पनि केहि समाचार छन्, वा हाम्रा समाचारप्रति कुनै टिकाटिप्पणी वा सुझाव भए सिधै whatsApp न. 9814910454 मा सम्पर्क गर्न सक्नुहुनेछ । तपाईंको परिचय गोप्य राखिनेछ।

सम्पर्क

  • Esoul Media (P) Ltd.
  • दर्ता नं: २३१७/०७७-०७८
  • [email protected]
  • ९८१४९१०४५४

उपयोगी उपकरण

Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.