काठमाडौं / नेकपा एमालेका सांसद शेरबहादुर तामाङले गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका छन् । 

आईतबार प्रतिनिधिसको बैठकमा उनले गाँजाबाट बन्ने औषधीहरुबाट मानिसको प्राणघातक रोगहरु उपचार गर्न सकिने भन्दै गाँजाको औषधीय गुणलाई वैधानिकीकरण गर्न माग गरेका हुन् ।

OM Sai Pathibhara Hospital

उनले भने, ‘गाँजाबाट बन्ने सिबिडी र सिबिडी औषधिबाट हामिले प्राणघातक रोगहरुको उपचार गर्न सक्छौँ । यो विश्वयले अहिले प्रमाणित गरेर अगाडि आइसकेको छ । यसैले गाँजाको औषधीय गुणलाई व्यवस्थापन गरौँ, बैधानिकीकरण गरौँ ।’ 

उनले नेपालमा गाँजा खेती गरेर दुई सय लिटरका चार ड्रम औषधि पाल ह्याच ट्रयाक गरेर निकाल्ने हो भने नेपालको पूर्वाधार यसैबाट निर्माण हुने दावी गरे ।