काठमाडौं / नेकपा एमालेका सांसद महेश बस्नेतले सरकारलाई बधाई दिएका छन् ।

शुक्रबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बस्नेतले पेट्रोलियम पदार्थकाे मूल्यवृद्धि गरेर जनतालाई उपहार दिएको भन्दै सरकारलाई व्यंग्यात्मक बधाई दिएका हुन् । 

OM Sai Pathibhara Hospital

‘सरकारले फेरि पेट्रोलियम पदार्थमा मूल्य बढाएको छ’ सांसद बस्नेतले भने,  ‘जनता भोकै मर्नुपर्ने गरि सरकारले चालेको यो कदमका लागि प्रधानमन्त्री र आपूर्ति मन्त्रीलाई हार्दिक बधाई छ ।’

अब लामो समय विकास बजेट खर्च नहुने अवस्था देखिएको उनले बताए । निर्माण व्यवसायीले भुक्तानी नै नपाएका कारण अब विकास नै नहुने अवस्था बन्ने उनको भनाइ थियो।