काठमाडौं  / नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री शेरबहादुर देउवाका कारण मन्त्री हेरफेर रोकिएको बताएका छन् ।

पार्टीका नेता रामनारायण चौधरीलाई श्रद्धाञ्जली दिन मंगलबार सप्तरी पुगेका अध्यक्ष नेपालले राजविराज विमानस्थलमा पत्रकारसँग कुरा गर्दै प्रधानमन्त्री देउवाले समय मागेकाले तत्काल मन्त्री हेरफेर रोकिएको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

नेपालले भने, ‘टिम परिवर्तन गरी नयाँ नाम पठाएपछि प्रधानमन्त्रीले हामीलाई पनि यसो मिलाउनुपर्नेछ त्यसका लागि केही समय दिनुस् भनेर आग्रह गर्नुभएको छ, नमान्ने कुरै छैन । मन्त्रीको नाम प्रधानमन्त्री समक्ष गइसकेको छ । छिट्टै हुन्छ भन्ने आशा राखेको छु ।’