काठमाडौँ / एमालेका नेता तथा सांसद भीम रावलले शेरबहादुर देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता खतरामा परेको बताएका छन् । 

आज (आइतबार)को प्रतिनिधिसभाको बैठकमा बोल्दै रावलले देउवा ५ पटक प्रधानमन्त्री बन्दा देशको स्वतन्त्रता र स्वाधीनता नै खतरामा परेको बताएका हुन् ।

OM Sai Pathibhara Hospital

देउवा पाँचौँ पटक प्रधानमन्त्री बन्दा अहिले संविधान मिच्दै धमाधम शक्ति राष्ट्रसँग सामरिकलगायतका सम्झौता भइरहेको बताउँदै रावलले भने,  –‘२०५२ सालमा शेरबहादुर देउवा पहिलोपटक प्रधानमन्त्री हुँदा देश हिंसाको बाटोमा लागेको थियो । सोही समयमा महाकाली सन्धि पनि भयो ।’

‘दोस्रोपटक प्रधानमन्त्री बन्दा देशमा प्रतिगमन आयो । ७ चोटी प्रधानमन्त्री बन्नु भयो भने कस्तो होला ?’ उनले भने  ‘यो गतिविधिले नेपालको स्वाधीनता र स्वतन्त्रता नै खतरामा पर्न थालेको छ ।’ 

रावलले नेपाल सरकार र अमेरिकी मिलिनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) अनुमोदन गर्दा भएको १२ बुँदे व्याख्यात्मक सम्झौता संसद्मा पेस नगर्नुको कारण सोधेका छन् ।