खोटाङ / ३० जेठमा हुने जिल्ला समन्वय समिति खोटाङको निर्वाचनका लागि प्रमुखमा दुई जनाको मनोनयन दर्ता भएको छ । 

गठबन्धनबाट जसपाका सनबहादुर राई र एमालेबाट किशोरकुमार श्रेष्ठको मनोनयन दर्ता भएको हो । 

OM Sai Pathibhara Hospital

त्यस्तै जिससको उपप्रमुखका लागि गठबन्धनबाट माओवादी केन्द्रका सुरेश तामाङ र एमालेबाट सन्तोष राईको मनोनयन दर्ता भएको छ । 

खुला सदस्यमा गठबन्धनबाट कांग्रेसका दुर्गाप्रसाद घिमिरे, ज्ञानेन्द्र राई, मोहन सुप्तीहाङ राई, महिला सदस्यमा कांग्रेसकी कला राई, माओवादी केन्द्रकी विष्णु मायाँ राई र नेकपा एकीकृत समाजवादीकी दिलकुमारी राई तथा दलित सदस्यमा माओवादी केन्द्रकी चमेली बिश्वकर्माको उम्मेदवारी दर्ता भएको छ । 

एमालेले जिसस सदस्यमा भने मनोनयन दर्ता नगराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।