काठमाडौँ / नेकपा एमालेले गृहमन्त्री बालकृष्ण खाँण र प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाको राजीनामा मागेको छ । 

प्रतिनिधिसभाको मङ्गलबारको बैठकमा एमाले सांसद लालबहादुर थापाले बूढीगंगामा कानुनविपरीत निर्वाचन प्रक्रिया प्रभावित पारिएको भन्दै गृहमन्त्री खाँण र प्रमुख आयुक्त थपलियाको राजीनामा माग गरेका हुन् । 

OM Sai Pathibhara Hospital

बाजुराको बूढीगंगा नगरपालिकामा गत वैशाख ३० गतेको स्थानीय तह निर्वाचन विवादित भएपछि निर्वाचन आयोगले पुनः निर्वाचन गर्ने निर्णय गरेको छ । 

बूढीगंगाका केही वडाहरूमा कांग्रेस र एमालेका कार्यकर्ताहरूले बुथ कब्जा गरेर मतदान गर्दा कतिपय स्थानमा ९९ प्रतिशत बढी मतदान भएको विवरण सार्वजनिक भएको थियो । उक्त घटना सार्वजनिक भएलगत्तै निर्वाचन आयोगले बूढीगंगामा यही जेठ महिनाभित्र निर्वाचन सम्पन्न गर्ने तयारी गरिरहेको छ । 

तर, एमाले सांसद थापाले भने बुढीगंगामा पुनः मतदान गराउने निर्णय निर्वाचन आयोगकै छानबिन समितिको सुझाव विपरीत भएको भन्दै मतगणना अघि बढाउन माग गरेका छन् । 

सांसद थापाले बैठकमा गृहमन्त्री खाँडको राजीनामा, गृहसचिव, प्रमुख जिल्ला अधिकारी, प्रहरी महानिरीक्षक र डिएसपीलाई कानुनी कारबाही गर्न माग गरेका थिए ।