विराटनगर / नेपाल कम्युनिष्ट पार्टी एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग निर्वाचनमा एक्लै लड्न कसैले आँट नगरेको बताएका छन् । 

एमाले मोरङले विराटनगरमा शुक्रबार आयोजना गरेको वृहत कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् । 

OM Sai Pathibhara Hospital

उनले अरु सबै दल एकातिर भएपनि लोकप्रिय मतका आधारमा पहिलो पार्टी एमाले भएको बताए ।

‘उनीहरूले प्राप्त गरेको मत एक्लै होइन । सबैका जुठा गाँस हुन्’, उनले भने, ‘सिट सङ्ख्यामा केही थोरै जित्यौँ, तरपनि मतको आधारमा एमाले सबैभन्दा बढी जनमत भएको पार्टी हो ।’ 

उनले एमालेसँग एक्लै लड्न नसक्ने भएकाले नै पाँच दलीय सत्ता गठबन्धन बनेको आरोप लगाए । सत्ता गठबन्धन टुट्ने बित्तिकै गठबन्धनमा आवद्ध दलहरू सिद्धिने भएकाले एमाले विरुद्ध उभिएको बताए ।