काठमाडौँ / प्रधानमन्त्री शेरबहादुर देउवाले मिटरब्याजी सप्तरीका रामदेव तेलीलाई पक्राउ गरेर अनुसन्धान अघि बढाउन गृहमन्त्री बालकृष्ण खाँणलाई निर्देशन दिएका छन् ।

तेलीले चर्को ब्याजमा ऋण दिएर सर्वसाधारणलाई दुःख दिने गरेको पाएपछि प्रधानमन्त्री देउवाले उनलाई कारवाही गर्न खाँडलाई निर्देशन दिएका हुन् । 

OM Sai Pathibhara Hospital

तेलीले चर्को ब्याज लिएर सर्वसाधारणको उठिवास लगाउने गरेको गुनासो सर्वसाधारणले लगाउने गरेपछि मिडियामा आएको हो । सोही विषयमा संसद्मा समेत सांसदहरुले कारवाही गर्न माग गरेका छन् ।