काठमाडौं । नेपाली कांग्रेसका नेता भुपेन्द्रजंग शाहीले सभापति गगन थापाले मंगलबार झापामा आयोजित एक कार्यक्रममा दिएको अभिव्यक्तिप्रति आपत्ति प्रकट गरेका छन् । थापाले क्रियाशील सदस्यता अद्यावधिक नगर्नेहरूलाई पार्टीले सदस्यका रूपमा नचिन्ने बताएका थिए । सोही विषयलाई लिएर नेता शाहीले लोकतान्त्रिक पार्टीमा फरक बिचारलाइ निषेध र लोकतान्त्रिक मूल्य मान्यताको उपहास भएको बताएका हुन् । शाहीले पार्टीमा देखिएको एकलौटी र निरंकुश निर्णय, अलोकतान्त्रिक चरित्र, अद्यावधिकको नाममा पहिल्यै नवीकरण गरिसकेका सदस्यतालाई खारेज गर्ने र पार्टीमा हिजो जीवन समर्पण गरेका व्यक्तिहरूलाई निकालेर पार्टी कब्जा गर्ने जस्ता गम्
काठमाडौं । संघीय संसद्अन्तर्गत प्रतिनिधिसभाको भोलि ९बिहीबार० बस्ने तय भएको बैठक अन्तिम समयमा स्थगित गरिएको छ। संसद् सचिवालयले सूचना जारी गर्दै बिहान ११ बजेका लागि बोलाइएको बैठक विशेष कारणवश सञ्चालन हुन नसक्ने जनाएको हो।बैठक स्थगित भएसँगै पछिल्ला दिनहरूमा संसद्को नियमित कार्यसूची प्रभावित भइरहेका बेला राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ। सरकार र प्रमुख दलहरूबीच विभिन्न विषयमा जारी परामर्श, सदनको कार्यसूची तथा राजनीतिक सहमतिका प्रयासहरूबीच बैठक सारिएको हुनसक्ने अनुमानसमेत गरिएको छ, यद्यपि सचिवालयले स्थगनको स्पष्ट कारण खुलाएको छैन।संसद्का महासचिव पद्मप्रसाद पाण्डेयद्वारा जारी सूचनाअनुसार अब प
काठमाडौं। नेपाली कांग्रेसले १५औँ महाधिवेशनलाई लक्षित गर्दै देशभर संगठन विस्तारको अभियान सुरु गरेको छ। पार्टीले ७७ वटै जिल्लामा केन्द्रीय प्रतिनिधि खटाउँदै नयाँ क्रियाशील सदस्यता वितरणलाई तीव्र बनाएको हो।यसपटक कांग्रेसको मुख्य ध्यान ३५ वर्षमुनिका युवामा केन्द्रित छ। युवा पुस्तालाई पार्टीभित्र आकर्षित गर्दै आगामी नेतृत्व निर्माणको आधार तयार गर्ने रणनीतिअनुसार प्रतिनिधिहरूलाई जिल्लामा पठाइएको छ।असार ७ देखि २० गतेसम्म चल्ने अभियानमा प्रतिनिधिहरूले सदस्यता वितरण, समन्वय र संगठन सुदृढीकरणको जिम्मेवारी सम्हाल्नेछन्। कांग्रेसभित्र यसलाई केवल सदस्यता अभियान नभई आगामी महाधिवेशन र नेतृत्व प्रतिस्पर्धाको
काठमाडौं। चितवनमा जारी रास्वपाको प्रथम महाधिवेशनमा निर्वाचन प्रक्रिया अपेक्षाभन्दा धेरै लम्बिने भएको छ। उम्मेदवारहरूको अन्तिम नामावली ढिलो आउँदा मतदान सुरु हुन नसकेको अवस्थामा अब भोटिङ सक्न मात्रै करिब ११ घण्टा लाग्ने अनुमान गरिएको छ।करिब ४ सय उम्मेदवारमध्ये ९९ केन्द्रीय सदस्य छान्न प्रत्येक प्रतिनिधिले ९९ जनालाई मत दिनुपर्ने भएकाले एक व्यक्तिलाई मतदान गर्न १५–१८ मिनेट लाग्ने बताइएको छ। ८० वटा ई–भोटिङ मेसिन तयारी अवस्थामा भए पनि उम्मेदवारको फोटोसहितको अन्तिम सूची प्राप्त भएपछि मात्र प्रणालीमा अपलोड गर्न सकिनेछ।रोचक कुरा के छ भने हजारौं प्रतिनिधिले मतदान गर्न ११ घण्टा लाग्ने अनुमान गरिए पनि मतग
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा निर्वाचन प्रक्रिया नै अलमलमा परेको छ। बुधबार बिहानदेखि मतदान हुने भनिए पनि केन्द्रीय सदस्य उम्मेदवारहरूको प्रारम्भिक सूचीसमेत सार्वजनिक हुन नसक्दा निर्वाचन थप धकेलिएको हो।करिब ४ सय जनाले उम्मेदवारी दिएको बताइए पनि निर्वाचन आयोगले अन्तिम संख्या र नामावली सार्वजनिक गर्न सकेको छैन। उम्मेदवारको अन्तिम सूची र फोटो प्राप्त भएपछि मात्रै ई–भोटिङ मेसिनमा अपलोड गर्न ४–५ घण्टा लाग्ने भएकाले मतदान अझै ढिला हुने देखिएको छ।९९ केन्द्रीय सदस्य चयनपछि पदाधिकारीको छुट्टै मतदान गर्नुपर्ने भएकाले महाधिवेशनको अवधि फेरि लम्बिने लगभग निश्चित भएको छ।
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आफ्नो प्रथम महाधिवेशनमार्फत प्रदेशसभा खारेजीको एजेन्डा अघि सारेपछि जनमत पार्टीले त्यसको खुलेर विरोध गरेको छ। रास्वपाका उपसभापति तथा अर्थमन्त्री स्वर्णिम वाग्लेले बन्दसत्रमा प्रस्तुत गरेको राजनीतिक–आर्थिक प्रतिवेदनमा प्रदेशसभा खारेज गर्ने प्रस्ताव समावेश भएपछि जनमत पार्टीका अध्यक्ष सीके राउतले यसलाई “राजनीतिक बेइमानी”को संज्ञा दिएका छन्।राउतले चुनावका बेला मधेसमा पुगेर प्रदेशलाई अझ बलियो बनाउने, अधिकारका लागि काठमाडौं धाउन नपर्ने व्यवस्था गर्ने प्रतिबद्धता जनाएर मत मागेको शक्ति अहिले प्रदेशसभा नै हटाउने पक्षमा उभिनु जनतामाथिको धोका भएको बताएका छ
काठमाडौं। रास्वपाको प्रथम महाधिवेशन अझै चलिरहेकै बेला प्रधानमन्त्री वालेन्द्र शाह बुधबार परिवारसहित भरतपुरबाट काठमाडौं फर्किएका छन्। केन्द्रीय सदस्य निर्वाचनको तयारी भइरहेका समयमा वरिष्ठ नेतासमेत रहेका शाहको बहिर्गमनले राजनीतिक वृत्तमा नयाँ चर्चा सुरु भएको छ।उनी महाधिवेशन उद्घाटनका लागि असार ७ गते चितवन पुगेका थिए भने सभापति पदमा रवि लामिछानेलाई दोहोर्याउन प्रस्तावकसमेत बनेका थिए। रवि निर्विरोध सभापति बनेपछि शाह काठमाडौं फर्किएका हुन्।
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीले ‘सामाजिक लोकतन्त्र’लाई आफ्नो राजनीतिक सिद्धान्तका रूपमा अपनाएपछि पूर्व साझा विवेकशील नेता रविन्द्र मिश्रले त्यसलाई स्वागत गरेका छन्। तर उनले यो अवधारणा नयाँ नभई आफूहरूले वर्षौँअघि नै उठाएको एजेण्डा भएको दाबी गरेका छन्।सामाजिक सञ्जालमार्फत मिश्रले प्रदेशसभा खारेजी, स्थानीय तहको पुनर्संरचना, गैरदलीय स्थानीय निर्वाचन र विद्यार्थी तथा कर्मचारीका दलीय संगठन विघटनजस्ता विषय पनि साझा विवेकशीलकै पुराना एजेण्डा रहेको बताएका छन्।रास्वपाले आफ्नो सोचसँग मिल्ने नीति अघि बढाएकोमा खुसी व्यक्त गरे पनि मिश्रले पार्टीले प्रस्तुत गरेको बजेटमा भने ‘सामाजिक लोकतन्त्र’को स्पष
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाको प्रथम राष्ट्रिय महाधिवेशनमा आदिवासी जनजाति क्लस्टरतर्फ केन्द्रीय सदस्य पदका उम्मेदवार सुजित कुमार श्रेष्ठ यतिबेला प्रतिनिधिहरूमाझ चर्चाको केन्द्रमा छन्। व्यवसाय, सामाजिक क्षेत्र र विभिन्न संघ–संस्थामा सफल नेतृत्वको पहिचान बनाएका श्रेष्ठले अब आफ्नो अनुभव र क्षमतालाई देश र जनताको हितमा प्रयोग गर्ने उद्देश्यसहित सक्रिय राजनीतिमा प्रवेश गरेका हुन्। लामो समयदेखि विभिन्न व्यावसायिक, सामाजिक तथा सामुदायिक संस्थाहरूमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका श्रेष्ठ सफल व्यवसायीका रूपमा परिचित छन्। नेपालभित्र मात्र होइन, अन्तर्राष्ट्रिय स्तरसम्मको अनुभव हास
चितवन। चितवनमा जारी राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम महाधिवेशनमा विदेशमा रहेका प्रतिनिधिले पनि मतदान गर्न पाउने भएका छन्। विदेशस्थित नेपाली सम्पर्क विभागबाट प्रतिनिधि बनेका सदस्यहरूलाई मोबाइल एपमार्फत मतदान गर्ने व्यवस्था मिलाइएको पार्टीले जनाएको छ। विदेशबाट १६३ प्रतिनिधि रहेकामा महाधिवेशनमा उपस्थित हुन नसक्नेहरूले अनलाइन माध्यमबाट नेतृत्व चयनमा सहभागिता जनाउनेछन्। यता, महाधिवेशन स्थलमा रहेका प्रतिनिधिहरूका लागि ८० वटा इलेक्ट्रोनिक भोटिङ मेसिनमार्फत मतदान गराइँदै छ।९९ केन्द्रीय सदस्यका लागि करिब ४ सय जनाको उम्मेदवारी परेकाले चुनावी प्रतिस्पर्धा निकै चर्किएको छ। निर्वाचन आयोगल
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.