बिर्तामोड / नेपाली कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्ने भएको छ । कांग्रेस शिक्षा विभागका प्रमुख एवं कांग्रेस केन्द्रीय सदस्य हरिप्रसाद नेपालको संयोजकत्वमा सोमबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकले कांग्रेस शिक्षा विभागले तयार पारेको राष्ट्रिय शिक्षा नीतिलाई देशभर छलफल गर्ने निर्णय गरेको हो ।कांग्रेसले ‘राष्ट्रिय शिक्षा नीति’लाई सातै प्रदेशमा छलफल गर्नका लागि संयोजकसमेत तोकेको छ । विभागले प्रदेश नं १ मा गोकर्ण बानियाँ, प्रदेश नं २ मा रघुसिं थारू, वाग्तमी प्रदेशमा दीपेन्द्र सिजापति, गण्डकी प्रदेशमा चिनु रानाभाट, लुम्बिनी प्रदेशमा राधेश्याम पाठक, कर्णाली प्र
काठमाडौँ / नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले अहिलेको अवस्थामा कांग्रेसलाई सत्तामा जानभन्दा व्यवस्थाको रक्षा गर्नु प्रमुख चुनौती रहेको बताताएका छन् । सदरमुकाम कुश्माबजारमा आज बिहान प्रेस युनियनले आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा नेता पौडेलले संविधान र संसद्माथि हुने हमलाको सामना गर्नु कांग्रेसको मुख्य दायित्व हुने बताए । वरिष्ठ नेता पौडेलले कांग्रेस दोस्रो दल भएकाले प्रधानमन्त्रीविरुद्ध आफूले अविश्वास प्रस्ताव नलैजाने तर अरूले लगेमा साथ दिने स्पष्ट गरेका छन् । नेता पौडेलले विकृत राजनीतिको अन्त्यका लागि कांग्रेसले अहिलेको अवस्थामा नेकपा (माओ
काठमाडौं / सत्ता साझेदारीका विषयमा छलफल गर्न कांग्रेस, माओवादी केन्द्र र जनता समाजवादी पार्टी संयुक्त रुपमा छलफलमा जुट्दैछन् । आज दिउँसो २ बजे तीन दलको बैठक बस्ने जसपाका नेता राजकिशोर यादवले जानकारी दिएका छन् ।तीन दलीय बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीको बहिर्गमन र नयाँ सरकारको समिकरणका बारेमा छलफल हुनेछ । कांग्रेस सभापति शेरबहादुर देउवालाई माओवादी केन्द्रका साथै जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादव र अर्का अध्यक्ष बाबुराम भट्टराई समूहले धेरै अघिदेखि नै प्रधानमन्त्रीमा प्रस्ताव गरिसकेका छन् ।जसपाका अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो भने प्रधानमन्त्री
बिर्तामोड / प्रधानमन्त्रीदेखि मन्त्रीहरु एवं सांसदका साथै प्रदेशका मुख्यमन्त्री र मन्त्रीहरुले गरीब र असहाय परिवारका बालबच्चाको अभिभावकत्व ग्रहण गर्ने एक हावा नै चल्यो । त्यसरी अभिवावकत्व स्विकार गर्नेहरुका विषयमा भने आमजनमानस अहिले अनविज्ञ नै छन् । सो त्यती मात्रै हैन सो विषयमा ठुला ठुला समाचार बनाउने संचारगृह समेतको ध्यान नजाँदा त्यसरी प्रचार पाएका वालवालिकाको भने जिवन अध्यारो बन्न पुगेको छ । प्रधानमन्त्री सहित ठुला नेता , सेलेब्रेटीको प्रचारमुखि अभिभावक्त पाएका उनीहरुलाई च्यो चर्चाले दिएको खुसी भन्दा पिडा बेसी दिएको एक टेलीभिजनले मन छुने दृष्य सार्वजनिक गरेको छ । प्रधानमन्त्
विराटनगर / प्रदेश नम्बर एकको प्रदेशसभाको बैठक अनिश्चितकालका लागि स्थगित भएको छ । प्रदेशसभा सचिव गोपालप्रसाद पराजुलीले आइतबार सूचना जारी गर्दै अर्को सूचना जारी नभएसम्म बैठक स्थगित गरिएको जानकारी दिएका छन् ।प्रदेश १ मुख्यमन्त्री शेरधन राईविरुद्धको अविश्वास प्रस्ताव दर्ता भइसकेको छ र अबको बैठकमा छलफल गर्नुपर्नेछ । ९ फागुनमा पेश भएको अविश्वास प्रस्तावमाथि प्रदेशसभामा अहिलेसम्म छलफल भएको छैन ।अविश्वास प्रस्ताव पेश भएपछि फागुन २३ गतेसम्म बैठक स्थगित गरिएको थियो । त्यसपछि फेरि चैत २ गतेसम्मका लागि स्थगित गरिएको थियो ।
काठमाडौं / नेकपा माओवादी केन्द्रको केन्द्रीय कमिटी बैठक आज (आईतबार) बस्दै छ । पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने केन्द्रीय कमिटी बैठकले नेकपा एमालेमा गएका नेताहरूलाई कारवाहीको निर्णय गर्ने सम्भावना रहेको छ ।माओवादीबाट एमालेमा गएका रामबहादुर थापा बादलसहितका नेतालाई शनिबार बसेको केन्द्रको स्थायी कमिटी बैठकले २४ घण्टे स्पष्टिकरण सोधेको थियो। सरकारमा रहेका माओवादी केन्द्रका मन्त्रीहरूलाई फिर्ता आउन समेत भनेको छ ।शनिबार बसेको माओवादी केन्द्रको स्थायी कमिटी बैठकले आज चैत १ गते केन्द्रीय समितिको बैठक राख्ने तर भोलि चैत २ गते गर्ने भनिएको राष्ट्रिय कार्यकर्ता भेला भने स्थगन गर्ने निर्ण
काठमाडौं / नेकपा एमालेका नेता माधवकुमार नेपाल समूहले पार्टीको समानान्तर गतिविधि थालेको छ ।पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले महाधिवेशन घोषणा गर्दै समहासचिव बाहेक सबै पद खारेज गरेपछि नेपाल समूहले समानन्तर कमिटी बनाएको छ ।नयाँ बानेश्वरस्थित अर्याल होटलमा बसेको नेपाल पक्षको केन्द्रीय सदस्यहरुको बैठकले सात प्रदेशका इन्चार्ज तथा अन्य मोर्चाको इञ्चार्ज तोकेको छ ।जिम्मेवारी पाएका प्रदेश इञ्चार्जहरुप्रदेश १ – भीम आचार्यप्रदेश २ – घनश्याम भुसालवागमती प्रदेश –अष्टलक्ष्मी शाक्यगण्डकी प्रदेश – सुरेन्द्र पाण्डेलुम्बिनी र कर्णाली प्रदेश – युवराज ज्ञवालीसुदूरपश्चिम प्रदेश – भीम रावलयुवा इन्चार
काठमाडौं / नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधव नेपाललगायतलाई कारबाही गर्ने तयारी गरेको छ । त्यसका लागि छलफल अगाडि बढाएको एक नेताले बताए ।एमालेका बरिष्ठ नेता नेपाललगायत झण्डै एक दर्जन नेतालाई अनुशासनको कारबाही गर्नेगरी ओलीले छलफल थालेको बताइएको छ । नेपाल समूहले पार्टी अनुशासन उल्लंघन गरि गुटबन्दी गरेको आरोप ओली पक्षको छ । यसअघि नै ओलीले माधव नेपाल पक्षका नेताहरुको जिम्मेवारी खोसेर नयाँलाई विभिन्न प्रदेशहरूमा इन्चार्ज तोकिसकेका छन् ।
काठमाडौं / नेकपा माओवादी केन्द्रले माओवादीबाट सरकारमा रहेका आफ्ना पार्टी सदस्यहरुलाई मन्त्री परिषद्बाट तत्काल राजीनामा दिन निर्देशन दिएको छ । पार्टी कार्यालय पेरिसडाडाँमा आज बसेको स्थायी कमिटी बैठकले मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको हो ।नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा बादलसहित मन्त्रीहरुलाई मन्त्रिपरिषदबाट फिर्ता हुन निर्देशन दिएको पार्टीका नेता नारायणकाजी श्रेष्ठले जानकारी दिए । एमालेको एउटा समूहको बैठकले माओवादीसँग सम्बन्धित नेताहरुको नामसमेत राखरे जिम्मेवारी दिएको सन्दर्भमा आफ्नो पार्टी कुन हो भन्ने स्पष्ट पार्न २४ घण्टाको समय दिइएको नेता श्रेष्ठले जानकारी दिए ।गृ
काठमाडौं / जनता समाजवादी पार्टी (जसपा)को शुक्रबार बसेको संसदीय दलको बैठकले दलको नेता चयन गर्ने अपेक्षा गरिएपनि आन्तरिक विवादका कारण उक्त विषयलाई थाँती राखिएको छ । जसपाका एक नेताका अनुसार सत्ता समिकरणबारे कुरा नमिल्दा दलको नेता चयन हुन नसकेको हो ।नयाँ सत्ता समीकरणका लागि निर्णायक भूमिका निर्वाह गर्ने स्थानमा रहेको जसपाले अहिलेसम्म कुनै निर्णय गर्न सकेको छैन । सोही क्रमकमा शुक्रबार संसदीय दलको नेता चयन गर्ने भनिएको थियो । संसदीय दलको नेताका लागि महन्थ ठाकुर, उपेन्द्र यादव, राजेन्द्र महतो, डा. बाबुराम भट्टराई आकांक्षी छन् ।बैठकमा संसदीय दलको विधानसमेत प्रस्तुत भएको छ । विधान अध्ययन गरी अर्को बैठक
Copyright © 2021 / 2026 / Esoul Media (P) Ltd. / All Rights Reserved.