काठमाडौँ /  नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारी विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी परेको छ । 

सत्तारुढ दल नेकपा माओवादी केन्द्र निकट भातृ संगठन योङ कम्युनिस्ट लिग नेपाल (वाईसीएल) ले बिहीबार अख्तियारमा गभर्नर अधिकारीविरुद्ध उजुरी हालेको हो। 

वाईसीएलका संयोजक सुमन देवकोटाले दर्ता गराएको उजुरीमा ‘गभर्नर अधिकारीलाई भ्रष्टाचार कसुरमा कारबाही गरिपाऊँ’ भनि उल्लेख गरिएको छ। 

नेपाल राष्ट्र बैंकको ऐन २०५८ को दफा २१ को (क) अनुसार राजनीतिक दलको सदस्य वा पदाधिकारी भएको कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्त हुन योग्य नहुने व्यवस्था छ ।

तर, सो व्यवस्था प्रतिकूल हुने गरी गभर्नर पदमा बहाल रहेकाले नेपाल राष्ट्र बैंकको स्वायत्तता, गभर्नरको जवाफदेहिता र देशको मौद्रिक नीतिको संवेदनशीलता माथि गम्भीर प्रश्न उठेको तथा राज्यलाई गम्भीर हानी नोक्सानी पुग्ने खतरा देखिएकाले आवश्यक छानबिन गरी भ्रष्टाचार कसुरमा कारबाही गर्न उजुरीमा माग गरिएको छ ।

mahaprasad-ciaa_z6rBuviZeZmahaprasad-ciaa-1_FCbzmcY2j1mahaprasad-ciaa-2_ErD9uZ8QrW