बिर्तामोड / राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विदेशमा बनेका पोशाक नलगाई नेपालमा बनेका मात्रै लगाउने घोषणा गरेका छन् । 

झापाको बिर्तामोडस्थित अग्रासन भवनमा आयोजित पार्टीको जिल्ला भेलालाई सम्बोधन गर्दै उनले यस्तो घोषणा गरेका हुन् ।

OM Sai Pathibhara Hospital

उनले भने, – ‘परिवर्तन आफैँबाट गर्नुपर्ने रहेछ । हालै मैले चितवनको कार्यक्रममा आफ्नो राजनीतिक जीवनमा नेपालमा बनेका नेपाली फेब्रिक्समात्रै लगाउँछु भनेको थिएँ । मैले अहिले लगाएको पहिरन नेपालमा बनेको हो । म नेपालमा बनेका सामानहरू प्रयोग गर्नेछु ।’

लामिछानेले नेपाली उत्पादनलाई प्रवर्द्धन गर्नुपर्ने भन्दै त्यसका लागि आफूबाटै सुरु गर्नुपर्ने बताएका छन् । स्वदेशी उत्पादनको प्रवर्द्धनमा आफ्नो पार्टी लागिपर्ने लामिछानेको प्रतिवद्धता थियो ।

लामिछानेले आफू पार्टीको कुनै पनि कार्यक्रममा स्टेजमा नबस्ने समेत बताएका छन् । जहाँ कार्यक्रम हुन्छ त्यहीका स्थानीयलाई स्टेजमा राखेर आफू तल बसी उनीहरूको कुरा सुन्ने लामिछानेको भनाइ छ ।