झापा / माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल भारत भ्रमणमा जाने भएका छन् ।

भारतको सत्तारुढ दल भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष जेपी नड्डाको निमन्त्रणामा प्रचण्ड शुक्रबार १ बजे दिल्ली जान लागेका हुन् ।

OM Sai Pathibhara Hospital

उनी दुई दिने भ्रमणका लागि दिल्ली जान लागेका हुन् । प्रचण्डको भ्रमणको तयारीका लागि दाहालपुत्री गंगा दाहालले केही दिनअघि दिल्लीको भ्रमण गरेकी थिइन् ।

नवनियुक्त भारतीय राजदूत नवीन श्रीवास्तवले भाजपा अध्यक्ष नड्डाको निम्तो केही दिनअघि दाहाललाई हस्तान्तरण गरेका थिए ।

दाहालले दिल्लीमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसहित दिल्लीमा उच्चस्तरीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ । चिनियां कम्युनिष्ट पार्टीका विदेश विभागका प्रमुखको नेपाल भ्रमण सकिएलगत्तै दाहालको दिल्ली भ्रमणलाई अर्थपूर्ण रुपमा लिइएको छ ।