काठमाडौँ / प्रतिनिधिसभाबाट रेल्वे विधेयक बहुमतले पारित भएको छ । राष्ट्रिय सभामा उत्पत्ति भएको विधेयक आजको प्रतिनिधिसभाबाट पनि पारित भएको हो । 

प्रतिनिधिसभाको बैठकले रेल्वे विधेयकलाई पारित गरेसँगै नेपालमा रेल सञ्चालनमा देखिएका कानुनी अवरोध हट्नेछ । प्रतिनिधिसभाको बैठकमा स्वास्थ्य तथा जनसंख्या मन्त्री भवानीप्रसाद खापुङले रेल्वे विधेयक निर्णयार्थ प्रस्तुत गर्ने प्रस्ताव राखेका थिए ।

OM Sai Pathibhara Hospital

प्रतिनिधिसभाबाट पारित भएको नेपाल रेल्वे ऐन, २०७९ राष्ट्रपतिले प्रमाणीकरण गरेसँगै लागू हुने भएको छ ।