काठमाडौं / प्रतिनिधि सभा बैठक आज (बिहीबार) पनि बस्दै छ । बैठक दिउँसो ३ बजे बस्ने कार्यसूची तय भएको छ ।

आज बस्ने प्रतिनिधि सभाको बैठकमा नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि छलफल गर्ने तयारी गरिएको संसद् सचिवालयले जनाएको छ ।

OM Sai Pathibhara Hospital

बैठकमा गृहमन्त्री बालकृष्ण खाँणले नेपाल नागरिकता (पहिलो संशोधन) विधेयक, २०७९ माथि विचार गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ ।

यसअघि बुधवारको प्रतिनिधि सभा बैठकमा गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए । जसमा प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका सांसदहरू भीमबहादुर रावल, शेरबहादुर तामाङ तथा नेपाल मजदुर किसान पार्टीका सांसद प्रेम सुवालले  विरोध जनाएका थिए । 

उनीहरूको विरोधको सूचना प्रतिनिधि सभाले बहुमतले अस्वीकृत गरेपछि गृहमन्त्री खाँणले विधेयक पेस गरेका थिए ।