काठमाडौँ  / लामो समयदेखि रिक्त रहेको प्रतिनिधिसभाका उपसभामुख पदको निर्वाचनका लागि कार्यतालिका सार्वजनिक भएको छ ।

३१ असारमा उपसभामुख चयन हुने गरी सभामुख अग्निप्रसाद सापकोटाले उपसभामुख निर्वाचन कार्यतालिका सार्वजनिक गरेका हुन् । 

OM Sai Pathibhara Hospital

उपसभामुखको निर्वाचनका लागि ३० असारमा उपसभामुख निर्वाचित गरियोस भन्ने प्रस्तावको सूचना दर्ता हुने, सोही दिन अपरान्ह १ बजे उपसभामुखका लागि उम्मेदवारी दर्ताका लागि आव्हान गर्ने र ३१ असारमा बस्ने बैठकबाट उपसभामुख चयन गर्ने तालिका तय भएको हो ।

उपसभामुखको मतदान संघीय संसद् भवन नयाँ बानेश्वरमा (३१ असार) शुक्रबार दिउँसो ३ बजेका लागि तय गरिएको छ ।

तत्कालीन उपसभामुख शिवमाया तुम्बाहाम्फेले राजीनामा दिएपछि उपसभामुख पद झण्डै चार वर्षदेखि रिक्त छ । उनको राजीनामापछि नयाँ उपसभामुख चयन हुन सकेको थिएन। 

अहिले सभामुख माओवादीबाट भएका कारण उपसभामुख माओवादीबाहेकका दलबाट चुनिनेछ ।

vice-speaker-1372022084027-1000x0